इलामः इलामको रोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । काँग्रेससका शमसेर राईले ३९१४ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बृहस्पति खतिवडाले ३६७२ प्राप्त गरे । उपाध्यक्षमा नेपाली कांग्रेसकी चन्द्रकला राई ४११३ मतमा साथ विजयी । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी बिष्णुमाया खवासले ३६६७ मत प्राप्त गरिन । ६ वडा रहेको रोङमा नेकाले २,३,४ र ६ नं वडामा बिजय प्राप्त गरेको छ भने एमालेले १ र ५ मा विजय हासिल गरेको छ ।