इलामः इलामको माई जोगमाई गाउँपालिका को अध्यक्ष र उपाध्यक्षमा एमालेले विजय हासिल गरेको छ । एमालेबाट जीतबहादुर राई अध्यक्षमा र सावित्रा भट्टराई उपाध्यक्षमा विजयी भएका हुन् । राईले ५६९६ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका उम्मेदवारले ३९३६ मत ल्याएका छन् । त्यस्तै भट्टराईले ५२९५ मत ल्याएर विजयी भइन् भने उनकी निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसकी उम्मेदवारले ३९४२ मत ल्याएकी छिन् । माईजोगमाईमा माओवादी केन्द्रका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले क्रमशः ७२१ र ९९१ मत ल्याएका छन् ।
