इलामः पश्चिमी इलामको माङ्सेबुङ गाउँपालिकाको अध्यक्षमा काङ्ग्रेसका डिकेन्द्र इदिङ्गो ३७५९ मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्षमा एमालेकी सुनिता सुब्बा लिम्बूले २९८१ मत ल्याएर विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी अध्यक्षमा एमालेले ३१५१ र उपाध्यक्षमा संघीय समाजवादी फोरमले २७७१ मत प्राप्त गरेका छन् ।
मङ्सेबुङ १ (साविक गजुरमुखी गाविस) मा सबै पदमा काङ्ग्रेसको प्यानल विजयी भएको छ । त्यहाँ काङ्ग्रेसबाट वडाध्यक्षमा भक्तराज लिम्बू (६०१ मत), महिला सदस्यमा कृष्णमाया कार्की ५७६, दलित महिला सदस्यमा टीका लुहागुन ६२६, खुल्ला सदस्य १ मा ठगबहादुर श्रेष्ठ ५८९ र खुल्ला सदस्य २ मा पूर्णबहादुर नेपाल (५१८ मत) विजयी भएका हुन् ।
माङ्सेबुङ २ (साविक इभाङ १–५, ९)मा नेपाली काङ्ग्रेसले वडाध्यक्ष र दुई सदस्य तथा एमालेले दुई सदस्यमा विजय हासिल गरेका छन् । काङ्ग्रेसबाट वडाध्यक्षमा पुष्पराज कार्कीले ६७४ मत ल्याएर जितेका हुन् । काङ्ग्रेसका तर्पबाट महिला सदस्यमा राममाया सम्बाहाम्फे लिम्बू र दलित महिला सदस्यमा कमला पोर्तेल विजयी भएका छन् भने एमालेका तर्पmबाट खुल्ला सदस्यहरुमा बलवीर लिम्बू र पूर्णबहादुर बस्नेत विजयी भएका छन् ।
माङ्सेबुङ ३ (साविक बाँझो ७, ८, इभाङ ६–८)मा वडाध्यक्ष र तीनजना सदस्यमा नेकपा एमालेले विजय हासिल गरेको छ भने एकजना खुल्ला सदस्यमा काङ्ग्रेस विजयी बनेको छ । एमालेका तर्पmबाट वडाध्यक्षमा मैतराज राईले ६१५ मत ल्याएर विजयी भएका हुन् । एमालेकै तर्पmबाट महिला सदस्यमा संगीता राई र खुल्ला सदस्यमा कुलबहादुर लिम्बू विजयी भए भने काङ्ग्रेसबाट खुल्ला सदस्यमा इन्द्रबहादुर लिम्बू विजयी भएका छन् ।
माङ्सेबुङ ४ (साविक बाँझो २) मा सबै पदमा नेकपा (एमाले)को प्यानल विजयी भएको छ । त्यहाँ एमालेबाट वडाध्यक्षमा अमृतबहादुर राई (२७९ मत), महिला सदस्यमा विष्णुकुमारी लिम्बू (२९७), दलित महिला सदस्यमा गोमादेवी विक (२९१), खुल्ला सदस्य १ मा धनप्रसाद राई (३०८) र खुल्ला सदस्य २ मा सन्तकुमार कामी (२९१) विजयी भएका हुन् ।
माङ्सेबुङ ५ (साविक बाँझो ९) मा राष्ट्रिय जनमुक्ति पार्टीका तर्पmबाट वडाध्यक्ष नरेन्द्र राईसहितको प्यानलले विजय हासिल गरेको छ ।
माङ्सेबुङ ६ (साविक बाँझो १, ३, ६)मा नेपाली काङ्ग्रेसको तर्पmबाट वडाध्यक्ष प्रदिप राईसहितको प्यानलले विजय हासिल गरेको छ ।
