चुलाचुली र सन्दकपुर गाउँपालिकामा एमालले जित्यो, चारै नगरपालिकामा एमालेको अग्रता

इलाम, १७ असार: इलामको चुलाचुली गाउँपालिकामा नेकपा एमालेले प्रमुख र उपप्रमुख पदमा जित निकालेको छ । प्रमुख पदका उम्मेद्वार प्रदिपचन्द्र राई र उप प्रमुख पदमा एमालेकै निर्मला दाहालले जितेकी छिन् । अध्यक्षमा विजयी भएका राईले ३ हजार ३६४ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र केरुङले ३ हजार १४९ मत ल्याएका छन् । यसरी नै उपाध्क्षमा विजयी भएकी दाहालले ३ हजार ४९३ र उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लक्ष्मी मिश्रको २ हजार तीन सय सय ९५ मत प्राप्त गरेकी छन् । 
छ वटा वडाहरु भएको चुलाचुली गाउँपालिकाको वडा नम्वर १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय पञ्चका पूर्ण लावती, वडा नम्वर २ मा रानबहादुर लिम्बू, वडा नम्वर ३ मा नेपाली कांग्रेसका नरबहादुर लावती, वडा नम्वर ४ मा नेकपा एमालेका कालीदास भट्टराईले जितेका छन् । यसरी नै वडा नम्वर ५ मा एमालेकै चन्द्रकुमार थापा र वडा नम्वर ६ मा एमालेका हेमन्त राईले जितेका छन् ।
इलामका १० तह मध्ये सन्दकपुर गाउँपालिकामा समेत एमाले अध्यक्ष उपाध्यक्षसहित एमाले विजयी भएको छ । एमालेबाट अध्यक्षमा उदय राई र उपाध्यक्षमा शोभा पराजुली विजयी भएका हुन् । राईले ४६२९ मत ल्याउँदै विजयी भएका छन् भने उनका निकटतम् प्रतिष्पर्दी कांग्रेसका देवेन्द्र सुबेदीले २३५४ मत ल्याएका छन् । उपाध्यक्षमा एमालेकी पराजुलीले ३९३० मत ल्याउँदै विजयी भइन् । उनकी निकटमद प्रतिद्धन्दी कांग्रेसकी सविता गुरुङले २१७२ मत ल्याएकी छन् । सन्दकपुर वडा नम्बर एकमा एक सदस्य सहित माओवादी केन्द्र विजयी भएको छ भने अन्य सबै सिटमा एमाले विजयी भएको छ । एमालेले सन्दकपुरका २७ सिट मध्ये २५ सिटमा जित हासिल गरेको छ । जिल्लाका अन्य स्थानको मत गणना जारी छ । इलाम नगरपालिका सातमा नेपाली कांग्रेसका नरेश श्रेष्ठ वडा अध्यक्षमा विजयी भएका छन् । उनले ७ सय ४८ मत प्राप्त गरे भने उनका नेकपा एमालेका सुमन श्रेष्ठले ७ सय २९ मत प्राप्त गरेका छन् । वडा नम्बर आठमा नेपाली कांग्रेसका होम बस्नेत विजयी भएका छन् । उनले एमालेका निकटतम प्रतिस्पर्धी तिलक ठकुरीलाई पछि पारेका छन् । ९ नम्बर वडामा एमालेका श्यामकृष्ण घिमिरे विजयी भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गोपाल चौहानलाई पछि पारेका थिए । यो समाचार तयार पार्दा सम्ममा नेकपा एमालेले इलाम सहित सुर्योदय, माई र देउमाई नगरपालिकामा अग्रता लिएको छ । फाकफोकथुम, मांसेबुङ र रोङ गाउँपालिकामा एमालेले अग्रता लिएको छ । माईजोगमाई गाउँपालिकामा समेत एमाले अगाडी रहेको छ । देउमाई नगरपालिका वडा नम्बर तीनमा वडा अध्यक्षमा एमालेका दावा तामाङ् १ हजार मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेद्धार पदम कट्वालले ९ सय ३३ मत प्राप्त गरेका छन् । वडा अध्यक्ष सहित एमालेको प्यानल नै विजयी भएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता