संरक्षणको पर्खाइमा पर्यटकीय गन्तव्य जीतपुरको झ्याउँ पोखरी (फोटो फिचर)

युवाराज घोरसाँई
इलाम जिल्लाको पश्चिममा अवस्थित हाल देउमाई नगरपालिका – ८, जितपुरमा रहेको  झ्याउँले ढाकेको एक विशाल गहिरो पोखरी थियो जसको नाम हो भ्याउँ पोखरी । पोखरी गहिरो भएकोले पोखरीको बीच भागमा उच्व पहाड रहेको जहाँ हाल मंदिर रहेको छ त्यहा वरीपरी पानीको सतह जोडिएको थियो । 
करिब ३१ रोपनी क्षेत्रफलमा फैलिएको पोखरी क्षेत्र धार्मिक दृष्टिकोणले विष्णु लक्ष्मी देवता नागको बासस्थान भएकोले त्यहाँ बेलाबेलामा पुराण,पुजापाठ गर्ने, पानीको सतह घटेमा अनिकाल र बढेमा सकाल गाउँ बस्ती हुने विश्वास रहेको, समय समयमा पंचे बाजा बज्ने गरेको, मानव वस्तीको कारण फोहोरमैला भएको र मानिस मरेको कारण उक्त पोखरी खोले पछि पानीको सतह घट्यो र मध्यरातमा बाजा बजाएर जितपुरे हरदै माईपोखरी त्यहाँका विष्णु लक्ष्मी देवता सरेको हो भन्ने स्थानीय बुढापाकाहरुको किम्बदन्ती छ । यसरी देवता बसाईँ हिड्दा बाटोमा जंगली जनावरहरुको पंजा छाप भएको समेत भनाई छ । स्थानीयबासीहरुले मंसिरे पूर्णिमा र वैशाक पूर्णिमा अवसरमा उद्यौली उभौली पर्व मनाइने गुरेको छ ।
हाल पोखरीको पानी सुकेपछि खेलकुद प्रतियोगिता समेत हने गरेको स्थानिय युवाहरु बताउछन् । ब्याक्तिगत रुपमा संस्थागत रुपमा संकल्प युवा समाज समुहले संरक्षणमा सहयोग गर्दै आएको यस सिमसार क्षेत्रलाई संरक्षण गरी पानी पुनःभरी पुर्नताजकी गरी दिगो वातावरण संरक्षण गर्न सके ग्रामिण पर्यटन विकास गर्न सकिन्छ ।यसले स्थानीय स्तरमा स्वरोजगारी श्रृजना हुन जान्छ । यस कार्यको लागि एक गुरु योजना बनाई सरोकारवालाहरुको सहयोग समन्वयमा कार्यान्वयन गर्नु पर्ने आवश्यक देखिन्छ । अहिले वर्षा लागे सँगै झ्याउ पोखरी भरिन थालेको पनि स्थानीयको भनाई छ ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता