पर्यटकको नयाँ गन्तव्य बन्दै ताप्लेजुङको सोदो पोखरी (फोटो फिचर)

ताप्लेजुङः अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, वहुजातिय, वहुभाषि, वहुधर्म र सामाजिक विविधता एवम् ऐतहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूण ताप्लेजुङ जिल्लाको मिक्कुवाखोला गाउँपालिका तोक्पेगोला क्षेत्रमा रहेको सोदो पोखरी पर्यटन मानचित्रमा नयाँ  पर्यटकीय गन्तव्य स्थापना हुँदै छ ।
ताप्लेजुङ सदमुकाम फुङलिङ देखि उत्तर पश्चिममा पर्ने सोदो पोखरी जान ७ किलो किलोमिटर कच्ची बाटो पार गरेपछि पैदल ३ दिनको यात्रा गरेपछि सुन्दर मनोरम सोदो पोखरी पुगिन्छ । यहाँ पुगे पछि सम्पूण थकान मेटिएको अनुभूति गर्न सकिन्छ । डाँडाहरुको विचमा रहकेको मनोरम पोखरी वरिपरी रहेको जङ्गल हेर्दा यो कुनै स्वर्ग भन्दा कम छैन ।
गर्न सकिने प्रसस्त सम्भावना रहेको छ । प्रचुर सम्भावना रहेको यस क्षेत्रलाई आन्तरिक तथा वाह्य पर्यटक सामु आवश्यक पूर्वधार निमार्ण गरी प्रचार प्रसारको माध्यमबाट विस्तार गरि अत्यधिक लाभ लिन सक्ने क्षमता अभिवृद्धि गर्न आवश्यक छ । 
नेपालको परिपेक्षमा पर्यटन व्यवसाय आँफैमा राष्ट्रिय अर्थतन्त्रको विकासको प्रमुख आधार भएकोले पर्यटकीय सम्भावना रहेका क्षेत्रको विविधिकरण र विस्तारद्वारा आम नागरिकको जिविकोपार्जन र रोजगारिका अवसरमा वृद्धि गरि जनाताको जिवन स्तरमा सुधार गर्नु अपरिहार्य भएको छ । यसका लागि धार्मिक, साँस्कृतिक र जैविक विविधता युक्त सोदो पोखरी क्षेत्रको समुचित संरक्षण र संवद्र्धन गर्नु अत्यवश्यक भएको छ, भने अर्को तर्फ पर्यटन पूर्वाधारको विकास र संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्नु आवश्यक छ । पर्यटकिय गन्तव्य स्थलको रुपमा विकास गर्न सकिने यस क्षेत्रको विकासमा सरकारी तथा गैर सरकारी क्षेत्रको ध्यान जान सकेको छैन । 
पूर्वधार र प्रचार प्रसारको अभावमा यो क्षेत्र अहिले राज्यको नजरमा पर्न सकेको छैन । यो क्षेत्र जैविक विविधता, प्रकृतिक स्रोत, धार्मिक तथा साँस्कृतिक दृष्टीले महत्वपूर्ण गन्तव्य स्थलको रुपमा रहेको छ । अनुपम प्रकृतिक सुन्दरता र पर्यटकीय सम्पदा हुँदा हुँदै पनि यसबाट लाभ लिन सकिरहेको छैन । पापुङको तोक्पेगोलामा रहेको सोदो पोखरीको परिक्रमा गर्ने मार्ग निमार्ण गर्नु पर्ने आवश्यक देखिन्छ । सोदो पोखरी क्षेत्रमा आउने तिर्थयात्री, पर्यटकहरु सोदो पोखरी परिक्रमा गर्ने इच्छा भए पनि सो परिक्रमा गर्ने बाटो नहुँदा सोदो पखरीको दर्शन तथा परिक्रमा गर्न पाईरहेका छैनन् । सोदो पोखरी परिक्रमा गर्ने मार्ग निर्माण गर्न सके यस क्षेत्रमा थप आन्तरिक तथा वाह्य पर्यटक र तिर्थयात्रीहरु वढ्ने देखिन्छ । 

यस क्षेत्रमा अउने अधिकांश पर्यटक तथा तिर्थ यत्रिको सोदो पोखरी परिक्रमा गर्ने मार्ग निमार्ण र पोखरीको पानी निकासा हुने स्थानमा काठे पुल निर्माण गर्नको लागि २०७३÷०७४ को वार्षिक कार्यक्रम अन्तर्गत यस सोदो पोखरी संरक्षण कार्यक्रमका लागि माग पत्र पेश गरेकोमा यस मेची पहाडि क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको कार्यालय इलामले रु. ५,००,०००।– (पाँच लाख) रुपयाँ विनियोजन भई भरपुर मात्रमा कामहरु पुरा नभए पनि यो विनियोजित बजेटले केहि मात्रमा यस क्षेत्रको स्वरुप फेरीएको छ । अउँदा वर्षहरुमा अलि वढीमात्रमा रकम विनियोजन गरी अझ वढी पर्यटकको आर्कषकको केन्द्र वनाउने कुरामा विभिन्न संघ संस्था तथा सरकारी तथा गैर सरकारी संस्थाहरुको नजर यस क्षेत्रमा पर्न जरुरी देखिन्छ । यस क्षेत्रको प्रकृतिक, साँस्कृतिक, जैविक एवम् मानव निर्मित सम्पदाहरुको संरक्षण तथा सम्वद्र्धन गर्दैै यस सोधो पोखरी क्षेत्रलाई आर्कषक रमणिय र सुरक्षित गन्तव्य स्थलको रुपमा विकास गर्नको सार्थै यस क्षेत्रको संरक्षण विकास र प्रवद्र्धनको माध्यमबाट पर्यटकीय आगमनमा वृद्धि गराई जनताको जीवन स्तरमा सुधार आउने छ ।
तस्वीरः सागर आङवुहाङ
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता