
जिल्ला युवा समितिको कार्यालय इलामको युवा प्रतिभा पहिचान र सम्मान कार्यक्रम आज सम्पन्न गरिएको छ । सम्मानित हुनेहरु सगरमाथा आरोही यामबहादुर गुरुङ्ग, नेपालटारमा ललिपप उद्योग संचालन गर्ने उर्मिला राई, र चित्रकार सलिना राई रहेका छन् सम्मान हुनेलाई रु। ७,०००।– नगद पुरस्कार, दोसल्ला र सम्मान–पत्र प्रदान गरेको छ ।
जिल्ला युवा समितिको कार्यालय इलामका अध्यक्ष नवराज शंकरको अध्यक्षता र निमिक्त प्रमुख जिल्ला अधिकारी सफल पोर्तेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा (एमाले) इलामका अध्यक्ष रामबहादुर राना, नेकपा (माओवादी केन्द्र) का प्रतिनिधि बिक्रम लिम्बु, इलाम नगरपालिकाका नवनिर्वाचित प्रमुख महेश बस्नेत, जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी ध्रुवबहादुर खड्का, जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतम लगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरु, सञ्चारकर्मीहरु, युवा, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
