पूर्वमा निशान भट्टराईको स्वागतमा जनसागर उर्लियो, सहरै पिच्छै कन्सर्ट

विराटनगर : एपीवान टेलिभिजनबाट प्रशारित रियालिटी शो ‘नेपाल आइडल’को उत्कृष्ट तीनमा पर्न सफल निशान भट्टराईको स्वागतमा गृह जिल्ला मोरङमा जनसागर उर्लिएको छ। मंगलबार दिउँसो विराटनगर विमानस्थलमा निशान पुग्दा हजारौंको संख्यामा समर्थक निशानको स्वागतका लागि पुगेका थिए। उत्साहका साथ विराटनगर विमानबाट निशान पुग्दा हजारौँ समर्थक विमानस्थल पुगेका थिए।
निशानले विराटनगरको कन्चनवारी चोक, सुनसरीको इटहरी, मोरङको पथरी बजार र गृहनगर उर्लाबारी चोकमा आफ्नो प्रस्तुति दिएका छन्। विराटनगरमा भएको कार्यक्रममा निशानलाई हौसला प्रदान गर्न महानगरका मेयर भीम पराजुली आफैं पुगेका थिए।
मेयर पराजुलीले निशान पूर्वको मात्र नभएर देशकै शान भएको बताउँदै नेपाल आइडल बनाउन पूर्णत सहयोग गर्ने बताए। निशानले आफूले नेपाल आइडलमार्फत् आफ्ना स्रोता, फ्यान र दर्शकको माय ापाउन कुनै कसर बाँकी नराख्ने बताए। निशानले धरानमा समेत प्रस्तुति दिने छन्।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता