इलाम : इलामका शिक्षाशेवी स्वर्गीय पूर्णप्रसाद श्रेष्ठको नाममा स्थापित पूर्ण स्मृति पुरस्कारबाट विभिन्न विद्यार्थीलाई मङ्गलबार पुरस्कृत गरिएको छ । सदरमुकाम स्थित ज्योति विद्या मन्दिर विद्यालयका संस्थापक समेत रहेका पूर्णप्रसाद श्रेष्ठको स्मृति दिवसमाइलाम, भदौ २७ । सदरमुकाममा रहेको ज्योति विद्या मन्दिर विद्यालयका संस्थापक स्वर्गीय पूर्णप्रसाद श्रेष्ठको नाममा स्थापित पूर्ण स्मृति पुरस्कारबाट विभिन्न विद्यार्थीलाई बुधबार पुरस्कृत गरिएको छ । विद्यालयले आयोजना गरेको कार्यक्रममा प्रवेशिका परीक्षा एसईईमा जिल्ला प्रथम हुने ग्रीनभ्याली एकेडेमीका विद्यार्थी पियुष श्रेष्ठलाई जनही पाँचहजार १ रुपैंयाँसहित प्रमाण–पत्र प्रदान गरिएको छ । ज्योति विद्या मन्दिरबाट उत्कृष्ठ अङ्क ल्याउने निसान भट्टराईलाई ५ हजार १ रुपैंयाँसहित प्रमाण–पत्र प्रदान गरिएको थियो । पियुषले ३.८५ जिपिए ल्याई जिल्लाकै उत्कृष्ट अङ्क हासिल गर्न सफल भएका थिए भने निसानले ३.६ जिपिए ल्याउन सफल भएका थिए । कार्यक्रममा पियुस उपस्थित हुन नसकेपछि उनका बुबा पुरुषेत्तम श्रेष्ठले उनको सम्मानपत्र र पुरस्कार ग्रहण गरेका थिए । उनलाई पूर्ण स्मृति कोषकी अध्यक्ष तथा ज्योति विद्या मन्दिरकी अध्यक्ष पुष्पा श्रेष्ठ र कुशुम श्रेष्ठले पुरस्कार र सम्मानपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा उपस्थित निशानलाई प्याब्सन इलामका अध्यक्ष विकास कर्माचार्यले पुरस्कार र सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
पुरस्कृत विद्यार्थीलाई समितिकी अध्यक्ष तथा श्रेष्ठ पत्नी पुष्पा श्रेष्ठ, पूर्ण श्रेष्ठकी भाउजु कुुसुम श्रेष्ठ, प्याब्सन इलामका अध्यक्ष विकास कर्माचार्यले पुरस्कार प्रदान गरेका थिए । २०६५ सालमा स्थापना गरिएको पुरस्कारबाट हरेक वर्ष विद्यार्थीलाई पुरस्कृत गरिँदै आएको विद्यालयका प्रधानाध्यापक गणेश खतिवडाले जानकारी दिए । अध्यक्ष पुष्पा श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निसानका बुबा पदम बहादुर भट्टराई, ग्रीन भ्याली एकेडेमीका हेडमास्टर राजन माइकल गुरुङ, प्याब्सन इलाम अध्यक्ष विकास कर्माचार्य, पूर्ण स्मृति पुरस्कार समिति इलामका सदस्य सचिव रविन्द्र श्रेष्ठलगायतले श्रेष्ठले इलामको शिक्षा क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।