द्वन्दकालिन मुद्दा ब्युँताएको भन्दै विरोध, प्रहरी भन्छ शान्ति सम्झौता पछिको घटना (विज्ञप्ती सहित)

इलाम : वर्तमान सरकारले द्वन्दकालमा भएका घटना ब्युँताउँदै तत्कालिन (नेकपा माओवादी सम्वद्ध गाउँ जनसरकार प्रमुख, नामसालिङ) लगायत स्थानियलाई समातेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले विरोध गरेको छ । मंगलबार इलाम सदरमुकाममा पत्रकार सम्मेलन गर्दै माइजोगमाई गाउँपालिका वडा नम्बर ४का मानबहादुर लिम्बु सहित स्थानिय बिर्खमान राई, दिलबहादुर राई र राम राईलाई गत भदौ २२ गते प्रहरीले पक्राउ गरेको भन्दै विरोध गरेको हो । द्धन्दकालिन मुद्दा ब्युँताएर विस्तृत शान्ति सम्झौता विपरित सत्य निरुपण तथा मेलमिलाप आयोगको समेत सरकारले धज्जी उडाएको उसले आरोप लगाएको छ । 
जेलमा राखिएका लिम्बू सहित स्थानिय निर्दोष रहेको भन्दै उनीहरुको बिना शर्त रिहाइको पहल गरिदिन मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाज, राजनैतिक दल, बुद्धिजिवी तथा अन्तराष्ट्रिय मानव अधिकारवादी संघ–संस्थाको प्रेस विज्ञप्ति मार्फत ध्यानाकर्षण समेत गराएको छ ।  ं
सचिव विवेकद्धारा हस्ताक्षरित विज्ञप्तिमा ‘यस्ता मुद्दा ब्यँुताएर गरिने आतङ्क राज्यले तुरुन्त बन्द गरियोस’ भनिएको छ । तस्ता घटना ब्युँताए जस्तोसुकै संघर्षमा जाने र यसको जिम्मा सरकारले लिनु पर्ने उसले चेतावनी समेत दिएको छ । यता जिल्ला प्रहरी कार्यालय इलामले भने शान्ति सम्झौता पछिको घटनामा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । वि.सं.२०६३ सालमा स्थानिय प्रेम दियालीलाई हत्या गरेको र प्रक्रिया नपु¥याई अन्त्येष्टि गरिएका कारण उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । घटनामा दोषी केही ब्यक्तिहरु तत्काल पक्राउ परेर छुटिसके पनि अदालतको फैसला कार्यान्वय गर्न तीनजना ब्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता