घट्यो अलैंचीको कारोबार

फायल फोटो
इलाम : नेपाली अलैंचीको मूल्य घटेपछि इलामसहित पूर्वका जिल्लामा यसको कारोवार घटेको छ । भारतमा पनि अलैंची उत्पादन बढेपछि गत वर्षको तुलनामा यस वर्ष नेपालमा निकै भाउ घटेको व्यवसायीले बताएका छन् । नेपाली अलैंचीको मूख्य बजार भारतलाई मान्ने गरिन्छ । नेपाली अलैंची निर्यातकर्ता भारत सिलगुडीका बाबुलाल जयनले भारतमा अलैंची उत्पादन बढेपछि यताको मूल्य घटेको जानकारी दिए । बजारलाई पुग्दो अलैंची सिक्किम, दार्जिलिङ, आसामलगायत क्षेत्रमा उत्पादन भएपछि नेपाली अलैंचीलाई प्रतिस्पर्धात्मक मूल्य दिन नसकेको उनको भनाइ छ ।
सिन्डिकेट बजारले अलैंची बंगलादेश बढी जाने गर्छ अन्यत्र बजार विस्तार गरे केही मूल्य सुधार्न सकिने सम्भावना भए पनि यस तर्फ चासो नदिंदा नेपालको कालो सुनको उपनामले चिनिने अलैचीको अवमूल्यन भएको उत्पादक बताउँछन् । नेपालबाट निर्यात गरेको अलैंची पाकिस्तानलगायत तेस्रो मुलुकमा पुग्दा १० प्रतिशतसम्म मिसावट हुने गरेकाले पनि नेपाली अलैचीको मूल्य घटेको अलैचीसम्बन्धि अनुसन्धान गरिरहेका हिमाली कार्यक्रमका सीपी भट्टराईले जानकारी दिए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता