ट्राग्स युथ ग्रुपद्वारा आलखोरमा फुटबल प्रतियोगिता आयोजना


  • तिलविक्रम थेवे

दोहा कतारः मुस्लिम समुदायको इद अल अधाको छुटटीमा ट्राग्स कम्पनीमा कार्यरत युवाहरुको समुह ट्राग्स युथ ग्रुपले अलखोरस्थित बरुवा स्पोटर्स कम्प्लेक्स खेल मैदानमा नेपाली समुदायहरु माझ खुला मैत्रीपुर्ण फुटबल प्रतियोगिताको आयोजना गरयो ।
सन्ध्या ग्रुपका अध्यक्ष वीरेन्द्र कुमार याक्थुङवा प्रमुख अतिथी रहेको एक भन्य समारोहविच फुटबल प्रतियोगिताको उद्दघाटन कार्यक्रमको सभापतित्व ट्राग्स युथ ग्रुपको अध्यक्ष प्रविण गुरुङले गरेका थिए ।
ट्राग्स कम्पनीका अप्रेशन मेनेजर जलाह बायुथ, नेपाली महिला समाज कतारका सस्थापक अध्यक्ष रेखा राई, संघिय लिम्बुवान सामाजिक मंच महिला बिभाग कतारका संयोजक प्रमिला बस्नेत, सुनुवार सेवा समाज कतारका द्वितीय उपाध्यक्ष आरोही कर्मोचा, नेपाल प्रवासी तामाङ समाज कतारका महिला बिभाग प्रमुख संगीता तामाङ, अन्तराष्ट्रिय नेपाली साहित्य समाज कतारका उपाध्यक्ष प्रेमप्रसाद भट्टराई, संघिय लिम्बुवान सामाजिक मंच कतारका महासचिब डम्बर लिबाङ, किरात याक्थुङ् चुम्लुङ कतारमा महासचिब तथा एनआरएनए एनसीसीमा जनजाति कोटाबाट निर्वाचित सागर लिम्बु, संखुवासभा सेवा समाजका अध्यक्ष लोकबहादुर राई, नेपाली कलाकेन्द्रका अध्यक्ष तथा नृत्य कोरियोग्राफर जेरी राई (खेलको अम्पायर समेत रहेका), चलचित्र निर्देशक सुरज तामाङ विशेष अतिथी रहेका थिए भने कमला श्रेष्ठ, रन्जु क्षेत्री, लालीगुराँस फाउन्डेसनका सदस्य राज रुचाल, ट्राग्स युथ ग्रुपका प्रमुख सल्लाहाकार सुर्य गुरुङ, चियावारी राष्ट्रिय दैनिक तथा माईपोखरीन्युज डटकमका  सम्बाददाता तिलबिक्रम थेबे, मुग्लानी खबर डटकमका सम्पादक गणेश क्षेत्री  लगाएतको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथी बीरेन्द्र याक्थुङबाले रिवन काटेर ३२ ओटा फुटबल टिमको सहभागिता रहेको फुटबल प्रतियोगिताको औपचारिक उदघाटन गरेका थिए । प्रमुख अतिथी याक्थुङबा, बिशेष अतिथिहरु रेखा राई, प्रेम प्रसाद भट्टराई र तिलबिक्रम थेबेले कार्यक्रम अयोजकको प्रसंशा गर्दै कार्यक्रमको सफलताको शुभकामना दिए ।
ट्राग्स युथ ग्रुपको नगेन्द्र कुमार बिश्वकर्मा पर्तेलको संचालन र रोसन तामाङको ब्यबस्थापन रहेको औपचारिक कार्यक्रममा दर्शकहरुको निकै बाक्लो उपस्थिति रहेका थियो ।
यस प्रतियोगिता भरी जेरी राई, राजु खड्का, सुमन गुरुङ्, बुद्धी गुरुङ, सुरज श्रेष्ठ अम्पायर र टेकमान गुरुङ, टेक बहादुर लामा, होम श्रेष्ठ, हर्क बस्नेत, अन्जान मगर, बुद्धी राई, मिनबहादुर परियार, अमर थापा र पूर्ण मगर लाइन्समेन रहनेछन । मुग्लानी खबर डटकम मार्फत यस प्रतियोगिताको फाइनल खेल लाइभ प्रसारण गरिने निर्देशक सुरज तामाङले जानकारी दिएकाछन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता