
फाकफोकथुम (एकतप्पा): इलामको फाकफोकथुम गाउँपालिका–७ एकतप्पास्थित दोकानडाँडाको एक परिवारले स्वास्थ्य चौकीलाई तीन रोपनी जग्गा दान दिएका छन् ।
एकतप्पा दोकानडाँडाका अभिनारायण आलेले एकतप्पा स्वास्थ्य चौकीलाई करिब २० लाख रुपैंयाँ मूल्य बराबरको जग्गा दान दिएको स्वास्थ्य चौकी इञ्चार्ज नवीनकुमार पौदारले जानकारी दिएका छन् । आले परिवारले दिएको जग्गालाई नापजाँच गरी स्वास्थ्य चौकीको भवन निर्माणका लागि स्थानीय स्तरदेखि केन्द्रसम्म नै पहल गरिने वडाध्यक्ष लोकबहादुर थापाले बताए ।