
इलाम : घरेलु तथा साना उद्योगहरुको विकास र विस्तारका लागि संस्थागत रुपमा पवद्र्धन गर्न २०२१ सालमा घरेलु तथा साना उद्योग विकास समितिको स्थापना गरिएको हो । २०४९ बाट नेपालका ४८ जिल्लामा विस्तार गरी उद्योग प्रवद्र्धनसँगै उद्योग प्रशासनको काम गरिँदै आएको छ ।
नेपालको आर्थिक संरचनामा कृषि क्षेत्र माथिको अत्यधिक निर्भरतालाई कम गरी औद्योगिक विकासको गतिलाई निरन्तर तुल्याउन घरेलु तथा साना उद्योग विकास समिति गाउँदेखि सहरसम्मका युवा युवतीहरुलाई सिप दिएर स्वरोजगार बनाउन औद्योगिकरणमा सक्रिय छ । आयमूलक रोजगारीका थप अवसरहरु जुटाउनमा सक्रिय घरेलु तथा साना उद्योग विकास समिति कार्यालयमध्ये इलाममा रहेको घरेलु तथा सना उद्योग विकास समिति मुख्य शाखा कार्यालयको चर्चा गर्दै छौँ । नेपाल सरकार उद्योग मन्त्रालय अन्तरगत घरेलु तथा सना उद्योग विकास समितिले गाउँमै स्वरोजगारका लागि सीप विकास र उद्यमशिलता विकास एवं ब्यवस्थापन सम्बन्धि तालिमसँगै प्रबद्र्धनात्मक कार्यक्रमहरु गर्दै आएको छ । स्थानीय माग र सम्भाब्यतामा आधारित बनाई उद्यम सिर्जना तथा उद्योग प्रबद्र्धनात्मक कार्यक्रमहरुलाई उपलब्धिमूलक र प्रभावकारी बनाउन सीपमुलक तालिम प्रदान गरिँदै आएको हो । घरेलु तथा साना उद्योग विकास, भगत सर्वजित सिप विकास र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम यस कार्यालयले इलाममा संचालन गर्दै आएको छ । घरेलु तथा साना उद्योग विकास कार्यक्रम अन्तगरगत उद्यमी सिर्जना तथा रोजगार,उद्योग प्रवद्र्धन,स्थापन्न उद्योगहरुको स्तरउन्नती, परम्परागत उद्योग प्रवद्र्धन, भिन्न क्षमता तथा एकल महिलाका लागि सीप विकास तथा रोजगार, युवा उद्यमशिलता तथा औद्योगिक जनशक्ति विकास सम्बन्धि सीप प्रदान गरि स्वरोजगार बनाउने कार्यक्रम संचालन हुँदै आएका छन् ।
ग्रामीण क्षेत्रमा स्थानीय कच्चापदार्थ र सहरी क्षेत्रमा आधुनिक प्रविधिमा आधारित उद्योगको स्थापनामा जोड दिँदै स्वरोजगारका लागि सीप प्रदान गरिँदै आएको हो । सीप लिन छनौट भएका युवा युवतीहरुलाई अनिर्वाय रुपमा उद्योग स्थापना गर्न आवश्यक ज्ञानका लागि उद्यमसिलता विकास तालिम प्रदान गरिदैँ आएको छ । सानो पुँजीमा गाउँकै कच्चापदार्थमा आधारित उद्योगहरु स्थापनाको संभावना हेरि सिप हस्तान्तरण मार्फत स्वरोजगार प्रदान गर्ने काम गरिँदै आएको छ । सात “अ” जिल्लामा प्रख्यात इलाममा मुख्य गरि चिया, अदुवा, दूग्ध पदार्थ,पर्यटन र कृषि तथा वनजन्य उद्योगमा आधारित होमस्टे, होटल व्यवसाय, सिलाई कटाई, ढाका बुनाई, पुष्प व्यवसाय, जडिबुटी प्रशोधन, दुग्ध परिकार, मोवाईल मर्मत, वासका हस्तकला, मुढा बनाउने, मोटर डाइभिङ्ग, हाउस वाइरिङ्ग, कम्प्युटर, क्रिस्टल माला तथा गहना बनाउन प्रदान गरिएको सीप पछि उद्योग स्थापना भएका छन् ।
युवालाई प्रविधि हस्तान्तरणसँगै स्थापना भएका उद्योगबाट उत्पादित सामग्रीहरुको बजार प्रवद्र्धनका लागि गरिने सहयोगले गाउँमै रोजगारीका अवसरहरु सिर्जना भएका छन् । उद्योग स्थापना पछि प्राविधिक र आर्थिक जटिलता आउन नदिन उद्योग संचालनका लागि आवश्यक पर्ने ज्ञान प्रदानसँगै प्राविधिक परामर्श र औद्योगिक सचेतना कार्यक्रमले इलामका उद्यमी उत्साहित छन् । गाउँमै स्वरोजगार बन्न सीप प्रविधि हस्तान्तरण र बजारीकरण गर्न यस कार्यालयले गर्दै आएका कार्यक्रमबाट सीप लिएका युवा युवती उत्साहित भएर उद्योग स्थापनामा लागेका छन् ।
दलित समुदायको आर्थिक उन्नती र रोजगार विकासका लागि भगत घरेलु तथा साना उद्योग विकास समितिले भगत सर्वजित सीप विकास कार्यक्रम गरिएको छ । परम्परागत प्रविधिमा आधारित रहेर गाउँमा सीपको उपयोग गर्दै आएका दलित समुदायलाई आधुनिक प्रविधि हस्तान्तरण सँगै औद्योगिकरण मार्फत स्वारेजगार बनाइएको छ । दलित समुदायकै लागि संचालित यो कार्यक्रम मार्फत लोप हुँदै गएको आरनबाट कृषि औजर बनाउने प्रविधिलाई स्तरउन्नती गरि आधुनिकिकरण गरिएको हो । दलित समुदायका अगुवाको छलफल र स्थानीय सम्भाव्यताका आधारमा उद्यमी विकास र उद्यमी प्रवद्र्धन कार्यक्रमबाट संचालन ९६ जनालाई सीप प्रविधि र एक सय ९२ लाई उद्यमसिलताको ज्ञान प्रदान गरिएको हो । आर्थिक रुपमा विपन्न र राज्यको सेवा सुविधा नपाएका दलित समुदाय छनौट गरि ढाका बुनाई, सिलाईकटाई, व्युटिपार्लर, सिलाईकटाई, आरन व्यवसाय स्तरउन्नती र आधुनिक कृषि औजार बनाउने सीपले दलित समुदाय स्वरोजगार भएका छन् । अष्टे«लियन सरकारको सहयोगमा इलामका साविक ४ गाविसमा हरेक वर्ष गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम संचालन हुँदै आएको छ । एक सय ३० जनालाई स्वरोजगार बनाउने लक्ष्य लिएको यो कार्यक्रम इलामका साविक २४ गाविसमा संचालन भइसकेको छ । सीप प्रविधी र उद्योग स्थापनाका लागि सामग्री हस्तारन्तण पछि निरन्तर तीन वर्षसम्म सहयोग हुने लघु उद्यम विकास कार्यक्रमबाट डेरी,बासका हस्तकला, पुष्प व्यवसाय, मौरीपालन, कुचो उत्पादन, मोवाइल मर्मत, व्यूटिपार्लर सीप प्रदान पछि निःशुल्क रुपमा लघु उद्योग दर्तामा गरिँदै आएको छ । पाँच लाख पुँजी रहेको लघु उद्यम दर्ता निःशुल्क भएपछि गाउँमै उद्योग स्थापना गर्नमा सहयोग भएपछि घरेलु तथा साना उद्योग विकास समितिमा उद्योग दर्ता गर्ने काम बढेको छ ।
नेपालमा चिया खेती शुरुवात भएको इलाममा चिया खेतीको व्यवस्थापन , प्राविधिक ज्ञान र उद्योगको लगानी वृद्धिका लागि घरेलु तथा साना उद्योग विकास समितिले काम गर्दै आएको छ । चियाको रोपण, टिपाई, प्रशोधन र बजार व्यवस्थापनका लागि गरिएको तालिमले उद्योग स्थापना हुने क्रम बढेको छ भने चिया प्रशोधनका गर्ने प्राविधिकको समस्या हटेको छ । चिया क्षेत्रमा रोजगारीका अवसर र किसानको प्राविधिक क्षमता विस्तारका लागि घरेलु तथा साना उद्योग विकास समितिले चिया बस्तु विकास केन्द्र स्थापना भएपछि किसान, उद्यमी र व्यवसायी निकै उत्साहित छन् ।
दर्ता भएका उद्योगको स्तरउन्नतीको लागि उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रमबाट उद्योगमा प्रविधिक सामग्री प्रदान गरिँदै आएको छ । सानो पुँजीबाट उद्योग शुरु गरेका उद्यमीका लागि उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रमबाट ग्रामीण क्षेत्रका उद्योग प्रवद्र्धन हुँदै आएका छन् । उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम मार्फत ४१ वटा उद्योगको छनौट गरि आवश्यक सामग्री मेसिन औजर प्रदान गरिएको थियो । ८० प्रतिशत अनुदानमा हस्तान्तरण गरिएका मेसिन औजारले उद्योगको उत्पादन क्षमता विस्तार र गुणस्तर सुधार भएको छ । स्थानीय कच्चापदार्थ उत्पादनको संम्भाव्यताका आधारमा गाउँमै दिने सीप र प्रविधिले उद्योग दर्ताको क्रम पनि बढेको छ । इलाममा लघु, घरेलु र साना उद्योग दर्ता हुँदै आएका छन् । पशुपालन, कृषिजन्य र वनजन्य उद्योगको दर्ता बढ्दै गएको इलाममा ३ हजार उद्योग दर्ता भई संचालनमा आएका छन् भने हरेक वर्ष उद्योग दर्ताको क्रम बढेको छ ।
आर्थिक वर्ष २०७३/०७४ मा २ सय २१ वटा उद्योग दर्ता भएका छन् । गाउँमै उद्योग दर्ता भएपछि रोजगारीका अवसर बढ्दै गएका छन् । देशमा रोजगारीको अवसर सिर्जना गर्न लागि गरेको घरेलु तथा सना उद्योग विकास समितिले युवायुवतीलाई गाउँमै सीप प्रदान गरेपछि धमाधम उद्योग दर्ता गरि स्वरोजगार बन्दै गएका हुन् । प्राविधिक सीप आर्जनपछि धैरैजसो इलामे युवायुवतीहरुले ढाका, चिया, दूग्ध परिकार, पर्यटन उद्योग दर्ता गरेका गरेका छन् । स्वदेशमै रोजगारीका लागि सानो लगानीमा शुरु गरेका यी उद्योगमा अहिले सयौँले रोजगारी पाएका छन् । उद्योगमा उत्पादित सामग्रीको बजारीकरणका लागि देशविदेशमा हुँदै आएका प्रदर्शनीमा स्टल खरिद गरि उद्यमीलाई बजार प्रवद्र्धनमा घरेलु तथा साना उद्योग विकास समितिले सहयोग गर्दै आएको छ ।
औद्योगिक प्रदर्शनीमा सहभागि भएका उद्यमीहरुले आफ्नो उत्पादन प्रवद्र्धनमा सहयोग पुग्नुका साथै उत्कृष्ट उद्यमीबाट पुरस्कृत पनि हुदैँ आएका छन् । हातमा सीप, उद्योग व्यवसाय संचालनको ज्ञान, उद्योग स्थापनाका लागि प्रविधि हस्तान्तरणसँगै उद्योगबाट उत्पादन भएको सामग्री बजारीकरणमा सहयोग गर्दै आएको घरेलु तथा सना उद्योग विकास समितिको काम इलाम जिल्लामा उदाहरणिय बन्दै गएको छ । स्थानीय सन्देशबाट