काठमाडौँ : नेपालका पुर्व कृषि मन्त्रिले (असार १५) धान रोपाईको बेलामा गरेको हर्कत देखाइएको म्युजिक भिडियो सार्वजनिक भएको छ । गितले पुर्व कृषिको हर्कतलाई व्यंग गर्दै एक प्रेमीले किशोर अवस्थाकी प्रेमीकासँग बिताएको पलहरुलाई रमाइलो ढंगले प्रस्तुत गरेको छ ।
चर्चित गायक हिमाल सागरको ‘तिमी भन्छौ कुर्सी कुर्सी यहाँ कान्छीको भो चिन्ता’ बोलको गीतले पुर्व मन्त्रीको हर्कतलाई देखाएको हो । कलाकार अनिल पाण्डेका शब्द शृजनामा, गायक स्वयमको संगीत रहेको गीतको सञ्जय हमालले एरेन्ज गरेका छन् ।
गोबिन्द राईको कोरियोग्राफी रहेको गीतको छायांकन अमृत सुनुवारले गरेको हुन् भने ले सम्पादन माधव बेलबासेले गरेका हुन् । जसको निर्देशन दिनेश डिसीले गरेका हुन् ।
भिडियो हेर्नुहोस