अन्तर विद्यालय नृत्य प्रतियोगिताको उपाधी पुर्णिमालाई

इलामः अन्तर विद्यालय स्तरिय नृत्य प्रतियोगिता अन्र्तगत शुक्रबार भएको फाइनल राउण्डमा मन्टेश्वरी डान्स आइडल पुर्णिमा राई विजेता भएकी छिन । त्यस्तै हेरिटेज नेशनल एकाडेमी डान्स आइडल अनिसा मगर दोस्र र गोल्डेन फियूचर स्कुल डान्स आइडल प्रतिभा आर्चाय तेस्रो भएका छन् ।
द पियर फाउण्डेशन इलामको आयोजनामा गरेको प्रतियोगिता अन्र्तगत इलाम जिल्लाका विभिन्न ९ विद्यालयका ५र५ जना विचको प्रतिस्पर्धाबाट प्रत्येक विद्यालयबाट १र१ जनालाई हिजो छनौट गरिएको हो 
छनौटमा वी वी मेमोरियल डान्स आइडल अस्मिता गहतराज, सगरमाथा बोर्डिङ्ग डान्स आइडल वन्दना लिम्वु,बरवोटे वोर्डिङ्ग डान्स आइडल भुमिका कार्की, मन्टेश्वरी डान्स आइडल पुर्णिमा राई, प्रज्ञा सदन डान्स आइडल एलिसा शिवा, ज्योति सदन डान्स आइडल प्रिया धमला, हेरिटेज नेशनल एकाडेमी डान्स आइडल अनिसा मगर, ज्योति विद्या मन्दिर डान्स आइडल सोनु राई, र गोल्डेन फियूचर स्कुल डान्स आइडल प्रतिभा आर्चाय परेका थिए ।
५० जना प्रतियोगीलाई पछि पादै ९ जना फाइनल राउण्डमा प्रवेश पाएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता