
पाँचथर : पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरो जाँदा सात घर परिवार विस्थापित भएका छन् । निरन्तरको वर्षासँगै बिहीबार रातिदेखि पहिरो जाँदा फालेलुङ ५ का दिपक केरुङ, थीरबहादुर साँवा, कान्तिबहादुर साँवा, गणेश साँवा, भीम साँवा र विष्णु साँवाका घर जोखिममा परेपछि उनीहरु विस्थापित भएका हुन् ।
उनीहरु आप्mन्तको घरमा शरणमा बसेको स्थानीय सन्दिप केरुङले जानकारी दिए । पहिरो जानासाथ प्रहरी चौकी प्राङबुङलाई खबर गरिएपनि हालसम्म घटनास्थलमा प्रहरीको टोली नपुगेको केरुङले बताए । यसअघि गत साउन २६, २७ र २८ गते गएको पहिरोका कारण फालेलुङ गाउँपालिका १ र ३ मा मात्रै ७३ घरपरिवार विस्थापित भएका थिए । उनीहरु स्थानीय विद्यालय र सार्वजनिक स्थलमा पाल टाँगेर बसिरहेका छन् ।