ताप्लेजुङमा चिराइतोको कारोवार ठप्प

ताप्लेजुङ  : पूर्वी पहाडी जिल्लामा व्यवसायिकरूपमा उत्पादन भइरहेको जडीबुटी चिराइतोको कारोबार ठप्प भएको छ । उत्पादन सुरु भइसक्दा पनि कारोबार नहुँदा कृषक समस्यामा छन् । मुख्य बजार भारतले चिराइतोको विकल्प खोजेको र नेपालबाट जाने चिराइतोको गुणस्तर खस्केकाले समस्या भएको व्यवसायीहरू बताउँछन् । 
भारतमा निकासा रोकिएपछि चीनतर्फ केही कारोबार भएपनि अहिले चीनमा पनि बिक्री ठप्प भएको ताप्लेजुङका व्यवसायीहरुले बताएका छन् । मुख्य बजार चीन र भारतमा व्यापार रोकिएपछि बंगलादेशमा निर्यात बढाउन पहल भइरहे पनि निर्यात हुने सम्भावना कम रहेको व्यापारीहरुको भनाइ छ । चिराइतो भारत र चीनलगायत बंगलादेश, जर्मनी र फ्रान्समा औषधि उत्पादनका लागि जाने गरेको छ । प्रतिमन ३० हजार रुपैयाँ सम्ममा बिक्री भएको चिराइतो गत वर्ष त्योभन्दा आधा मूल्यमा बिक्री गर्न पनि मुस्किल भएको थियो । उत्पादन बढे पनि माग घट्न थालेपछि व्यवसायिक चिराइतो खेतीमा लागेका ताप्लेजुङका करिब पाँच हजार कृषक अन्योलमा छन् । ताप्लेजुङका उत्तरी क्षेत्रका अधिकांश कृषकको घरमा २० देखि ६० मनसम्म चिराइतो थन्किएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता