उपचार खर्च नहुँदा अलपत्र परेकी महिलालाई विएण्डसीले दियो ९८ हजार

झापा :  उपचार खर्च तिर्न नसक्दा २१ दिनसम्म अस्पतालको शैयामा बिताएकी झापा अर्जुनधारा–९ की सम्झना सुनुवारको उपचार खर्च विएण्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले प्रदान गरेका छन् । 
बिर्तामोडको मनमोहन सामुदायिक अस्पतालमा पाठेघरको शल्यक्रियापछि रकम तिर्न नसक्दा उनी घर जान पाएकी थिइनन् । यसबारे समाचार सार्वजनिक भएपछि उनले सहयोग गरेका हुन् । उनले शुक्रबार सम्झनाका पति पोस्टबहादुरलाई उपचार खर्च र औषधि वापतको ९८ हजार ५ सय २७ रुपैयाँ दिएका छन् । ‘समाचार पढेपछि निकै दुःख लाग्यो । अनि, उनलाई मैले उद्दार गर्नु पर्छ भन्ने लाग्यो’, प्रसाईंले सुनाए, ‘त्यसपछि सहयोग गरेको हुँ ।’ उपचार खर्च पाएपछि पोस्टरबहादुरले खुसी व्यक्त गरेका छन् ।
बी एण्ड सीबाटै उपलब्ध हुन थाले राज्यले दिने स्वास्थ्य सेवाहरु
झापा, १७ भदौ । यहाँ सञ्चालित बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटललाई स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाले विपन्न नागरिकहरुको हेड इन्जुरी र स्पाइनल इन्जुरी उपचारका लागि सूचिकृत गरेको छ । 
शनिबार अस्पताल प्रशासनले पत्रकार सम्मेलनको आयोजना गरेर गत भदौ १२ गते मन्त्रालयले सचिवस्तरीय निर्णय गरी बी एण्ड सीलाई सूचिकृत गरेको सम्बन्धी भदौ १५ को पत्रसहित सो जानकारी गराएको हो । अब कुनै पनि सवारी दुर्घटनामा परेर मेरुदण्ड तथा टाउकोमा चोटपटक लागेमा राज्यले उपलब्ध गराउने एक लाख रुपैयाँ बराबरको उपचार खर्च निशुल्क हुने र यो सेवा प्रदेश नं. १ का लागि बी एण्ड सीबाट मात्र पाइने पत्रकार सम्मेलनमा जानकारी दिइयो । 
अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईंले भने, ‘अब सडक दुर्घटनामा परेर मेरुदण्ड तथा टाउकोमा गम्भीर चोटपटक लागे पनि बीएण्डसीले निशुल्क उपचार गर्छ, हामी राज्यबाट सो वापतको रकम प्राप्त गर्नेछौं ।’ राज्यले उपलब्ध गराउने एक लाख रुपैयाँभन्दा बढीको उपचार खर्च भएमा चाही बिरामी पक्षले नै व्यहोर्नुपर्ने पनि उनले अवगत गराए । राज्यले यस्तो समस्याको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरको व्यवस्था गरेको छ । 
काठमाडौंमा मात्र रहेको ट्रमा सेन्टरले देशभरिका जनतालाई सेवा दिन नसक्ने भएकाले अब क्षेत्रीय तथा प्रदेशस्तरमा पनि सरकारी वा निजी अस्पताललाई सूचिकृत गर्न थालेको जनाइएको छ । सो अस्पतालले राज्यका तर्फबाट सञ्चालनमा ल्याइएको आमा सुरक्षा कार्यक्रम र स्वास्थ्य बीमा कार्यक्रम यस अघिदेखि नै कार्यान्वयनमा रहेको जनसम्पर्क अधिकारी प्रमिश गिरीले स्मरण गराए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता