झापामा करेन्ट लाग्दा एकको मृत्यु

बिर्तामोड :  इन्भर्टर जडान गर्ने क्रममा करेन्ट लाग्दा झापाको बिर्तामोडमा आज एक व्यक्तिको मृत्यु भएको छ । 
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–६ पुरानो भद्रपुर रोडका ४२ वर्षीय श्याम चौधरी छन् । 
आज दिउँसो कमल राईको घरमा इन्भर्टर जोड्ने क्रममा करेन्ट लागेको र उपचारका लागि बिर्तामोडस्थित विएण्डसी हस्पिटलमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो । रासस 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता