हिन्दुत्वको आन्दोलन रोकिँदैनः अध्यक्ष थापा

भीमदत्तनगर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुराष्ट्र पुनस्र्थापना नभएसम्म हिन्दुत्वको आन्दोलन जारी रहने बताउनुभएको छ । 
राप्रपा नेता पशुपतिशमशेरको नेतृत्वमा राप्रपा (प्रजातान्त्रिक) अलग भएपछि नयाँ रणनीतिअन्तर्गत देशभर कार्यकर्ता भेटघाट गर्ने क्रममा शनिबार कञ्चनपुरको भीमदत्तनगर आइपुग्नुभएका अध्यक्ष थापाले प्रदेशस्तरीय भेलामा हिन्दुत्वको आन्दोलनलाई समाप्त पार्ने तत्वबाट प्रेरित भएरै पार्टी फुटाइएको आरोप समेत लगाउनुभयो । 
कार्यकर्तालाई सम्बोधनका क्रममा अध्यक्ष थापाले आफू देशभरका कार्यकर्ताहरूको विश्वास र आशाबाट निर्देशित रहेको धारणा राख्नुभयो । “राप्रपाले कहिल्यै पनि राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा छाड्दैन” थापाले भन्नुभयो, “प्रचण्ड सरकारमा पार्टी जानु ठूलो राजनीतिक भूल भयो ।” 

भेलामा राप्रपाका महामन्त्री जयन्त चन्द, सहायक महामन्त्री राजाराम बर्तौला, केन्द्रीय सदस्यहरू पुष्करराज जोशी ‘लख्खाभाइ’, श्याम शाही, तीर्थराज चटौत, जनक कुँवर, तथा प्रदेश नं। ७ का राप्रपाका सबै जिल्ला तथा निर्वाचन क्षेत्रका अध्यक्षहरूको सहभागिता रहेको छ । रासस 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता