‘आफैलाई प्रश्न’

कविता


  • मंगेश बस्नेत

अलिकति दुःख सापटी लिएर
हिडिरहेछु लगातार,
अलिकति खुशी बन्धक राखेर
बाँचिरहेछु निरन्तर,
घाऊ दुखिरहे पनि
ऐया, आथा भन्न सकिरहेको छुइन,
निर्जिव झै जिन्दगी
उधारो नै जिए पनि
मरेको प्रमाणित गर्न भ्याईरहेको छुईन,
तुषारापात भएको
अपेक्षा र आकांक्षा ओढेर
कदम कदममा ठोक्कर खाँदै
अविरल यात्रा गरिरहेछु,
रुकिसकेको मुटुको ढुकढुकी सिउँदै
प्रत्येक पल्ट यहाँ जित्दै, हार्दै
प्रत्येक पल यहँ मर्दै, जिउँदै
खै कसरी पो पञ्चर
भएको मोटर झै
ध्याच्च, ध्याच्च पाइला सार्दै जिईरहेको छु ?
घरी घरी सपना झै लाग्छ, घरी घरी तन्द्रा झै
आफैले आफैलाई ढाट्न पनि
सकिरहेको छुईन
आफैले आफैलाई सोध्न पनि
सकिरहेको छुईन
...त..म मृत हो, ... या कि जिउँदो लाश ?
इलाम नगरपालिका ७
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता