बुङ्गो जस्तो !

कविता


  • कोषवल्भ रेग्मी

साहित्यको रङ्ग चड्दै जाँदा
बिना सिंडीको भर्याङ्ग चडियो ।
ठुलो मान्छे बन्ने क्रममा
सबैको सामू पागल दरियो ।
र कुनै दिन
साँच्चै पागलको फेला परियो ।
आखिरमा ज्युदै मरियो ।।
कहिले काही कोर्दै जाँदा
सोझो बाङ्गियो
बाङ्गो सोझियो ।
भरिएको रित्तियो
रित्तिएको भरियो ।
बिना पानीको खोला तरियो ।
गर्ने नगर्ने सबै गरियो ।।
साहित्यको मात लाग्दै जाँदा
शब्दहरुको खात लाग्दै जाँदा ।
कोरा कागजका पाना भरी
कोरिएछ नाना थरी ।
उल्टो,सुल्टो चिनिएन ।
बाङ्गो,टेढो देखिएन ।
खाने नखाने सबै खाइयो
जाने–नजाने सबै धाइयो ।।
बेवारिसे फकिर जस्तो
कहिले यस्तो
कहिले उस्तो ।
वचन–वाँणको प्रहार खाँदै
बिना–लक्ष्य कतै जाँदै
बिना तौलको ढुङ्गो जस्तो
आखिरमा भइएछ,
काम न काजको बुङ्गो जस्तो ।।
देउमाई नगरपालिका–७, सिद्धिथुम्का
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता