जिल्ला कार्य समितिलाई पूर्ण रुपले उपेक्षा गरिएको भन्दै जिल्ला अध्यक्ष सहितले कमल थापलाई छोडे

इलाम : राष्ट्रिय प्रजातन्त्र पार्टीका इलाम जिल्ला अध्यक्ष सहित ८० प्रतिशत जिल्ला कार्य समितिले कमल थापाले नेतृत्व गरेको राप्रपा छाडेका छन् । राप्रपा छाडेर उनीहरुले पशुपति शमसेर जवराले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)मा भएको इलाम सदरमुकाममा बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएएको हो । पार्टीले लिएको राजनैतिक एजेन्डामा पार्टीका केन्द्रिय कार्य समितिमा विचलन आई जिल्ला कार्य समितिलाई पूर्ण रुपले उपेक्षा गरिएको हुँदा पार्टी परित्याग गरिएको तत्कालिन राप्रपा जिल्ला कार्य समिति अध्यक्ष हरि श्रेष्ठले बताए । 
जिल्ला अध्यक्ष श्रेष्ठ सहित उपाध्यक्ष कलिका कार्की, सचिव धनबहादुर थापा मगर, कोषाध्यक्ष स्याण्डु चाहार, पुर्व जिल्ला अध्यक्ष तथा क्षेत्रिय अध्यक्ष धर्मराज नेम्वाङ लगायतले राप्रपा छोडेर प्रजातान्त्रिकमा जाने निर्णय गरेका हुन् । जिल्ला कार्य समितिमा रहेका ३१ पदाधिकारी मध्ये २४ जनाले पार्टी परित्याग गरेको अन्यले पर्ख र हेरको नीति अङ्गलेको पत्रकार सम्मेलनमा जानकारी गराईयो । जिल्लाका सबै गाउँ÷नगरपालिका अध्यक्ष सहित भातृ संगठनका प्रमुत तथा पदाधिकारीले समेत पार्टी परित्याग गरेको बताइएको छ ।   
पार्टीका निष्ठावान कार्यकर्ताहरुलाई भन्दा पैसामा प्रतिष्ठा खरिद गर्नेहरुलाई प्राथमिकता दिइएको र केन्द्रिय नेतृत्वले नीतिगत एजेण्डा भुलेकाले राप्रपा प्रजातान्त्रिकलाई अङ्गाल्नु परेको उनीहरुको भनाई छ । केन्द्रिय पदाधिकारीबिच नै तालमेल नमिलेको, ब्यक्तिगत निर्णय हावी हुने गरेको, सरकारमा जाने र छोड्ने निर्णय आफुखुसी चलेकोले पनि आफुहरु सो पार्टीबाट बाहिरिनु परेको अध्यक्ष श्रेष्ठले बताए । हाल तत्कालिन अध्यक्ष हरि श्रेष्ठले राप्रपा प्रजातान्त्रिक पार्टीको नेतृत्व गर्ने बताइएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता