
इलाम : सनराइज बैंकले ग्राहकको समस्या समाधानका लागि कल सेन्टर स्थापना गरेको छ । कल सेन्टरको उदघाटन बैंकका अध्यक्ष मोतीलाल दुगडले गरे । केन्द्रमार्फत बैकको सेवा, ग्राहकका समस्या समाधान गर्ने, बैकिङ्ख सम्बन्धी सामान्य जानकारी दिइने बैंकले जनाएको छ । बैंकको टोल फ्रि नम्बर १६६००१२२४४४बाट सबै जानकारी पाइने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सार्वजनिक बिदाबाहेक सम्पूर्ण दिनमा यो टेलिफोन सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।
नेपालभर कुनै पनि स्थानवाट प्रयोग गर्न सकिने यो सेवा चौबिसै घण्टा संचालन गरिने बैंकले जनाएको छ । कार्यक्रममा संचालक समिति सदस्य डा. भोगेन्द्र गुरागाई, ई.बच्छराज तातेड, दीपक नेपाल, ज्योतिकुमार बेगानी एवं बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य लगायतको उपस्थिति रहेको थियो ।