इलामः इलामको सिंहनगरमा रहेको पाथिभरा अटो प्यालेसले अघिल्लो आर्थिक वर्षमा मोटरसाइकल र स्कुटर २९३ वटा बिक्री गरेको छ । इलाममा मात्र होइन नेपालको पहाडी जिल्लाहरुमा यामाहाको मोटर साइकल र स्कुटरको बजार राम्रो भएको रमेश तुमाहाम्फेलो बताए ।
यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले दसैं–तिहारलाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘क्यास–इन–ओ’ अर्थात् ‘क्यास इन्स्ट्यान्ट अफर’ योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै ७ हजार रुपैयाँ छुट, साप्ताहिक लकी ड्रमार्फत १ लाख रुपैयाँ पुरस्कार र बम्बर पुरस्कारमा ब्रान्ड न्यू–स्कोडा ¥यापिड जित्न सक्ने छन् । इलामस्थित पाथिभरा अटो प्यालेसका प्रोपाइटर सुवास गुरुङका अनुसार इलाममा सबै भन्दा बढी बिक्री हुने बाईकमा यामाहा रहेको र यसको मार्एलेज र सर्भिस उत्तम रहेको दाबी छ ।