- राजेश पराजुली
इलाम, इलाम सदरमुकामस्थित बालन गाउँ होमस्टे पछिल्लो समय स्थानीयहरुको पनि आर्कषणको केन्द्र बन्दै गएको छ । इलाम बजारबाट मात्रै मोटरसाइकलमा १० मिनेट दुरीमा रहेको लिम्बु समुदायको बाहुल्यता रहेको बालन गाउँ होमस्टेमा इलाम सदरमुकामका स्थानीय व्यक्तिहरु, संघ–संस्थाहरुको रोजाईको पहिलो गन्तव्य बन्दै गएको छ । स्थानीयबासीहरु आफ्ना पाहुना आउँदा, संघ–संस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गर्दा शहरी क्षेत्रभन्दा बालन गाउँ होमस्टेलाई नै रोज्ने गरेका छन् । स्थानीय परिकार, अग्र्यानिक खानेकुरा, आथ्यिताको शैली र शहरी जस्तै सुविधा प्राप्त गर्ने बालन गाउँ होमस्टे सबैको रोजाईमा पर्न थालेको हो । कुनै कार्यक्रम गर्न मात्र होईन साथीभाई वा परिवार रमाईलो गर्न समेत सो होमस्टेको माग भएको स्थानीय गोमा लिम्बुको अनुभव छ ।
गत शनिबार स्थानीय सेतिदेवी वहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो कार्य योजना समीक्षा गर्न उक्त होमस्टे नै रोज्यो । अरु बखत जिल्लाका अन्य स्थानमा कार्यक्रम गर्ने सहकारीले यसपटक घर नजिकैको स्थान छनोट गर्नमा सहज, अर्गानिक खाद्यवस्तु र आतिथ्ता नै प्रमुख कारण भएको सेतिदेवी सहकारीका व्यवस्थापक कृष्ण बस्नेत बताउँछन । उनी भन्छन्– ‘हाम्रो कार्यक्रम सदरमुकाम बाहिर नैं गर्ने थियो ।
तर बालन गाउँले गरेको आतिथ्यताको कुरा सनेपछि अन्तु, माईमझुवा, सिद्धिथुम्का, माबु छाडेर यसैलाई रोज्यौं ।’
‘हो हामी यसमा भरपुर सन्तुष्ट भएका छौं ।’ सहकारीकी उपाध्यक्ष निर्मला चापागार्इं बताउँछिन् । सहकारी कै रोमी कोईराला आफ्नै ठाउँमा भएको आनन्ददायी स्थान छाडेर जानु भनेको नजिकको तिर्थ हेला गर्नु बराबर हो भन्ने कुरामा विश्वास गर्छिन । उनी त यस भन्दा अगाडी पनि यस होमस्टेको अनुभव बटुलिसकेकि छिन् । यस्तै नेशनल हेरिटेज विद्यालयकी कमला बरालले होमस्टेमा पाएको आतिथ्यता र खानपानले सन्तुष्ट भएकी छिन् । उनी भन्छिन्– ‘पहिला पहिला होमस्टे भनेको के हो ? के हो जस्तो लाग्थ्यो तर अब त महिना दिनमा परिवारसँग आएर रमाईलो गर्ने माध्यम बनेको छ ।’
हुनपनि अहिले बालन गाउँको परिचय फेरिएको धेरै भयो । यहाँका बासिन्दाहरुले उब्जाउ गरेको कृषि उत्पादन इलामे बजारमा तरकारी बिक्रीकर्ता भईसकेका छन् । गैरसरकारी संस्थाका जागीर छाडेका हेमबहादुर लिम्बु साप्ताहिक रुपमा अग्र्यानिक गोलभेडा बिक्री गर्छन । उनी फेसबुक मार्फत आफुले उत्पादन गरेको तरकारीजन्य वस्तुको प्रचार गर्छन अनि उपझोक्ता उनको उपादन बजार आउँनजेल प्रतिक्षा समेत गर्ने गरेका छन् । करिब ३ किलोमिटर शहर भन्दा केही टाढामात्र रहेको बालन गाउँमा करिब ३० घरमा होमस्टे संचालनमा रहेको छ । त्यहाँ गाउँले तरिकाले खानबस्न मात्र होईन एकान्त वातावरणमा संस्थागत कार्यक्रम गर्नका लागि सामुदायिक भवन समेत उपलक्ध छ ।
जिल्लास्तरका कुनै पनि कार्यक्रम गर्न सक्षम बालन गाउँमा ७० जना भन्दा बढिको सभाकक्ष र एकसय जना भन्दा बढी अतितिलाई सेवा पु¥याउन सक्षम छन् । साथै नजिकै बन्दै गरेको लिम्बु संग्राहलय, भालुढुंगा ओडार र सेतिदेवी जस्ता पर्यटकीय स्थलपनि यसकैको आसपासमा रहेकोले ति स्थानहरुको पनि अवलोकन गर्न यहाँबाट सजिलो रहेको स्थानीय प्रेम लिबु बताउँछन् ।
एक पटक न्यानो आतिथ्यता, अग्र्यानिक खानपान तथा उब्जनीहरुको अनुभव लिन तपाईंहरु पनि बालन गाउँ जाने हो कि ?