आन्दोलमा प्रहरीको हस्तक्षेप पछि बिर्तामोड तनावग्रस्त

बिर्तामोड १० कातिकः  बिर्तामोडको अवस्था यतिखेर तनाव ग्रस्त छ । बालक लक्ष्मण शिवाकोटीको हत्या प्रकरणको छानबिनको माग गर्दै विहान ९ बजे शनिश्चरे रोडको माहान्नद चोकबाट निकालिएको र्यालीे मुक्ति चोकमा पुगेपछि प्रहरीले एकाएक रोकेको थियो । र्यालीलाई हस्तक्षेप गरे  पछि आन्दोलन चर्किएको छ ।  शान्तिपूर्ण आन्दोलनमा उत्रेका सर्वसाधारणमाथि प्रहरीले  लाठी तथा अश्रुग्यास प्रहार गर्न थालेपछि सर्वसाधारणले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । 
हवाई फायर तथा अशुलग्यास लागेर दर्जनौं घाइते भएको जनाइएको छ । केही सवारि साधान माथि समेत तोडफोड भएको बताईएको छ । 
प्रहरीले गल्ली गल्ली पसेर सर्वसाधारणलाई कुटपिट गरेको छ । काम गर्न कार्यालय तथा पसलमा आएका सर्वसाधारण पनि आन्दोलनको चपेटामा परेका छन् । विर्तामोड अहिले अत्यन्त त्रसित छ ।
दशैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा ११ का ११ बर्षिय लक्ष्मण शिवाकोटीको शब त्यसको भोलिपल्ट अर्जुनधारा ५ को धानबारीमा फेला परेको थियो । बिर्तामोड ५ का शुरेस पोखरेल लगायतले हत्या गरेको भन्दै मृतकका काका बिष्णुप्रसाद शिवाकोटीेले पोखरेल परिवारका आठ जना बिरुद्ध कर्तब्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।
प्रहरीले हत्यारालाई कार्वाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयबासीले आज विर्तामोड बन्दको घोषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता