विर्तामोड तनाबग्रस्त, अनिश्चितकालीन कर्फ्यु लगाइयो

बालक हत्याको विरोधमा उत्रिएका प्रर्दशनकारी र प्रहरीबीच झापाको बिर्तामोडमा झडप भएको छ । झडपमा परि कम्तीमा पाँच जना घाइते भएका छन् । स्थितिले उग्ररुप लिएपछि शुक्रबार दिउँसो साढे १ बजेदेखि अर्को आदेश जारी नहुन्जेल सम्मका लागि बिर्तामोडमा क¥फ्र्यू लगाइएको झापाका प्रहरी प्रमुख एसपी बिष्णुकुमार केसीले जानकारी दिनुभयो ।
गत असोज १४ गते अर्जुनधारा ११ का ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको मृत्यु प्रकरणमा समातिएकालाई कारबाही नभएको भन्दै शुक्रबार भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो । प्रहरीले दर्जनौ सेल अश्रँुग्यास प्रहार गरी प्रदर्शनकारीलाई तितरवितर गर्ने प्रयास गरेपछि प्रर्दशनकारी आक्रोशित बनेका थिए । जिल्ला प्रहरी प्रमुख एसपी विष्णुकुमार केसीले भीडलाई तितरवितर गर्न केही सेल मात्र अश्रुग्यास प्रहार गरेको बताउनुभयो । प्रदर्शनकारीले मु्क्ति चोकनजिक रहेको जिल्ला ट्राफिक प्रहरीमा आगजनी प्रयास गरेका थिए ।
उनीहरुले मु्क्तिचोक आसपासमा राखिएको सीसी क्यामेरा समेत फुटाएका छन् । त्यस्तै बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटीको घरमा पार्किङ्ग गरि राखिएको मे १ ज १२१, बा १० च ३०६१ नम्बरको सवारी र मे १ च ९४३ नम्बरको एम्बुलेन्स तोडफोड गरेका छन् । स्वर्तस्फुतरुपमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारी नियन्त्रण बाहिर छन् । प्रर्दशनकारीले न्यूज २४ टेलिभिजनका झापा संवाददाता राजु पौडेलसहित केही प्रत्रकारमाथि दुव्र्यवहार समेत गरेका छन् ।
दशैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको शव त्यसको भोलिपल्ट अर्जुनधारा ५ को धानबारीमा फेला परेको थियो । बिर्तामोड ५ का सुरेस पोखरेल लगायतले हत्या गरेको भन्दै मृतकका काका बिष्णुप्रसाद शिवाकोटीेले पोखरेल परिवारका आठ जना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए । प्रहरीले हत्यारालाई कार्वाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले शुक्रबार विर्तामोड बन्दको घोषणा समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता