झापाको विर्तामोडमा प्रहरीले हानेको गोली लागेर २ जना प्रदर्शनकारी घाईते भएका छन । अहिले २ जानै प्रदर्शनकारीको बी एण्ड सी अष्पतालमा उपचार भइरहेको छ । उता प्रर्दशनकारीको प्रतिकारमा शसस्त्रका एसपी रमेश सुवेदीको टाउकोमा ढुङ्गाले लागेर घाईते भएका छन । प्रहरीको प्रतिकारमा दर्जनौ प्रदर्शनकारी घाईते भएका छन । अहिले प्रहरीले अश्रु ग्यास र हवाई फायर गरिरहेका छन भने प्रदर्शनकारीको आक्रोसको भिडले सडक विभागको विभिन्न सवारी साधनमा आगजनी समेत गरेका छन ।