
बिर्तामोडमा भएको झडपमा प्रहरीको गोली लागेर एक प्रदशनकारीको मुत्यु भएको छ । मृत्यु हुने अर्जुनधारा–११ का नरेश थापा रहेको प्रहरीले जानकारी दिएको छ ।
अहिले बिर्तामोड तनावग्रस्त छ । प्रहरीसँगको झण्डपमा परी घाइते भएका ७ जनाको मेची अस्पतालमा उपचार भईरहेको छ । घाइतेहरुको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । स्थानीयमाथि प्रहरीले १४ राउण्ड गोली चलाएको बताइएको छ । घाइते हुनेहरुमा सुनिल पाठक राजगढ ८, अशोक बस्नेत मेचिनगर ९, नवराज कोइराला भद्रपुर, पुष्प प्रसाद लुईटेल, घाइते भएका छन् ।
उता प्रर्दशनकारीको प्रतिकारमा शसस्त्रका एसपी रमेश सुवेदीको टाउकोमा ढुङ्गाले लागेर घाईते भएका छन । प्रहरीको प्रतिकारमा दर्जनौ प्रदर्शनकारी घाईते भएका छन । अहिले प्रहरीले अश्रु ग्यास र हवाई फायर गरिरहेका छन भने प्रदर्शनकारीको आक्रोसको भिडले सडक विभागको विभिन्न सवारी साधनमा आगजनी समेत गरेको माइपोखरी न्युजकी सहकर्मी मनिषा चम्लगाईँले जानकारी दिईन । पलपलको अवडेटको लागि माइपोखरी न्युज ।