- राम योङहाङ
इलाम, १० कात्तिक । संघीय समाजवादी फोरम नेपालको एक दिने अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम इलाममा सम्पन्न भएको छ ।
इलाम नगर कार्यसमितिको आयोजनामा ‘संघीय समाजवादी फोरम नेपालको बैचारिक अवधारणा’ विषयक प्रशिक्षण भएको हो । कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता एवं पूर्व मन्त्री अशोक राई, उपाध्यक्ष युवाराज कार्की, केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख शुशिला श्रेष्ठ, केन्द्रीय सदस्य मित्रलाल चापागाईले प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका लिम्बुवान प्रदेश समिति, जिल्ला समिति, क्षेत्रीय समिति, नगर समिति र गाउँ समितिमा आवद्ध अगुवा नेता तथा कार्यकर्ताहरु, पार्टीका भादृ संगठन समाजवादी महिला फोरम, समाजवादी युवा फोरम, समाजवादी विद्यार्थी फोरम, संघीय प्रेस फोरममा सहित दुई सय बढी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
आयोजक नगर समितिका अध्यक्ष छिकिन तामाङको अध्यक्षतामा सुरु भएको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी अशोक राईले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । नगर समितिका गोपाल मगरले स्वागत मन्तव्य राखेको कार्यक्रम नगर सचिव सुकबीर लिम्बूले सञ्चालन गरेका थिए ।