काँकरभिट्टामा दिव्य ज्योति सञ्चालनमा


  • मनिषा चम्लागाईँ 

काँकरभिट्टामाः दिव्य ज्योती आई एण्ड ईअर केयर सञ्चालनमा आएको छ । आँखा साथै कानका बिरामीलाई एकै स्थानबाट सेवा उपलव्ध दिने उदेश्यका साथ असोज २५ गते देखि औपचारीक रुपमा दिव्य ज्योती सञ्चालनमा आएको संचालक सोमनाथ घिमीरेले  (विकास) बताए । 
आँखा सम्बन्धि अत्याधुनिक प्रविधि बाट शल्यक्रिया साथै अत्याधुनिक प्रविधिबाट उपचार सुरु गरिएको सञ्चालक डा। मोनिका कर्मचार्यले बताईन् । उनका अनुसार नेपाली भन्दा भारतीय बिरामीको चाप केन्द्रमा बढी छ । भारतमा उपचार शुल्क धेरै लाग्ने गरेको कारण उपचारको लागि नेपाल आएको भारतिय बिरामीले बताए । 
केन्द्रमा आँखाका साथै कानका लागि प्रदेश नम्बर एकमा नै पहिलो पटक श्रवण शक्ति मापन कक्ष सञ्चालनमा ल्याउन सफल भएको सञ्चालक घिमिरेले बताए । 
यस उपकरणको माध्यमबाट बिरामीको श्रवण शक्ति कस्तो छ त्यो पता लाग्ने कान साहेक डा. इन्द्र बाहदुर केशीले बताए । कानका रोगी धैरै छन् तर सबैलाई आफनो समस्या बारे थाहा नहुने गरेको डा। केशीले बताए । केन्द्र आए पछि मात्र कानका रोगीले आफ्नो समस्या बारे थाहा पाउने गरेको उनले बताए । 
केन्द्रले यस कातिक महिना भरि निशुल्क परामर्श सेवा साथै अन्य उपचारमा २५ प्रतिशत सम्म छुटको व्यवस्था गरेको सञ्चालकले जनाए । यसै गरी स्थानिय निकायको सिफारीस ल्याएमा गरिबीको रेखा मुनि रहेका नागरिकलाई निशुल्क सेवा प्रधान गर्ने  डा. कर्मचार्यले बताईन । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता