- गोबिन्द पौडेल

स्थापनाको दश बर्षमा नमुना बिकास केन्द्रका अध्यक्ष राजिब राइको अध्यक्षता र रोङ गाउपालिकाका अध्यक्ष समसेर राइको प्रमुख आतिथ्यतामा सरस्वती मा बि रम्भ्याङ्गमा भएको कार्यक्रममा गाउ पालिका अध्यक्ष राइले सो स्मारिकाको लोकार्पण गरेका हुन् । ७२ पृष्टको स्मारिका भित्र नेपाली अंगेजी र राइ वान्तवा भाषमा लेखीएको लेखहरुमा संस्थाको गतिबिधि ,रोङ ६ जिर्मले भित्र रहेका जाती धर्म , संस्कृति ,इतिहास , शिक्षा ,बिकास,ि पर्यटन कृषि,बन र सृजनाको बारेमा करिव डेढ दर्जन लेखकहरुका खोजमुलक लेख र रचनाहरु समेटीएका छन् ।
साहित्यका तथा लेखक डि. बि लिङदम सेसेमीले समिक्षा गरेको स्मारिकाका बिषय बस्तुहरुमा डुकराज पौडेल ,डम्बर राइ, निमाकुमार राइ लगायले टिप्पणी गरेका थिए । भौगोलिक बनावटले बिकट र बिकासको पूर्वाधारले पछाडी रहेको जिर्मलेबाट एक एैतिहासिक दस्तावेजको रुपमा लिखित पुस्तक रहेको र यसले आगामी निति तथा कार्यक्रम बनाएर पस्कदा बिकासको प्रतिफल गाउसम्म पुग्न मार्गनिर्देशक दस्तावेज तयारगरिएकोले आगामी दिनमा योजना निमार्णमा सहज हुने गाउ पालिका अध्यक्ष समसेर राइको धारणा रहेको थियो । गरिएको प्रयत्न पूर्ण नभएपनि शुरुआत मात्रै पनि नभएको समिक्षक सेसेमीको ठम्म्याइ रहेको छ ।
पत्रकार द्धय प्रेम बहादुर कुलुङ्ग र अशोक कुमार वान्तवाले सम्पादन गरेको स्मारिका बिमोचनमा स्वागत संस्थाका सदस्य रुद्र प्रधाले गरेका थिए भने कार्यक्रमको संचालन संस्थाको सचिव रंजित राइले गरेका थिए ।