जमुनाको ढापपोखरीमा डुङ्गा सरर..... (फोटो फिचर)


  • बिनय तिम्सीना

इलामः जिल्लाको उत्तरी क्षेत्रमा रहेको ढाप पोखरी पछिल्लो समयमा पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ । कातिक १ गते देखि ढापमा दुई वटा डुङ्गा ल्याएर सञ्चालन गर्न थालिए पछि झन स्थानीय पर्यटकहरु आर्कसित भएको ढाप पोखरी निमार्ण समितिका अध्यक्ष विप्लव भट्टराई बताउँछन् । कातिक १ गते उद्घाटन कार्यक्रम गरेर विधिगत रुपमा डुङ्गा सञ्चालन गरिएको हो । सँदकपुर गाउँपालिका उदय राईले उद्घाटन गरेको कार्यक्रमा स्थानीय वुद्धिजिवी सँगै स्थानीय वासीको ठूलो जमगट रहेको थियो । उद्घाटन कार्यक्रमा वोल्दै राईले ढाप पोखरी सन्दकपुर गाउँपालिकाको पर्यटनको कोसे ढुङ्गा भएको भन्दै यसको प्रचार प्रसार र पोखीलार्ई अझ सुन्दर तथा व्यवस्थीत बनाउन गुरु योजना बनाएर अगाडी वढ्ने जानकारी दिए । 
साविकको जमुुना गाविस हाल सन्दकपुुर गाउँपालिका ५ मा रहेको चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण पर्यटन विकास समितिले निर्माण गरेको सो पोखरी ५० रोपनी क्षेत्रफलमा फैलिएको अध्यक्ष विप्लब भट्टराईले जानकारी दिए । मानव निर्मित सो पोखरी बिक्रम संवत २०७१ सालबाट बाँध बानेर पानी जम्मा गर्न शुरु गरिएको हो । पानी जम्ने सामान्य सिम भएको ठाउँमा पानी जम्मा गरेर पोखरीको रुप दिन सकिने सम्भावना देखेपपछि स्थानीय जमुनाबासीको सक्रियतामा पोखरी निर्माण गरिएको हो । 
चन्द्रपाल थेवेली जमुना र सुलुवुङ जोड्ने माइखोलामा पुल निमाण गरेर  पुलको मर्मत सम्भार गर्नको लागि ढापमा चैते धान खेती गरिने ५ रोपनी खेतको गुँठी बनाइदिएका थिए अहिले स्थानीयको अनुरोधमा उनका पनातीहरुले सो जग्गा ढापलाई दिएको चन्द्रपालका पनाती भिम थेवे वताउँछन् । इलामका पर्यटनविध युद्ध वैद्यका अनुसार जमुना पर्यटकीय दृष्टीकोणले अत्यन्त महत्वपूर्ण छ यहाँ नेपालमा मात्र नभएर विश्व वाटै लोपहुन लागेका चराचुरुङ्गी, पुतली र जिवजन्तु पाइन्छन् ।
जमुनाका स्थानीय कुमार गुरुङ भन्छन् जमुनामा हाँगेथाम, चोयाटार जस्ता धेरै हेर्न र घुम्न लायक ठाउँहरु छन् त्यसमा ढापपोखरीले एउटा नया खुड्कीला थप्ने काम गरेको छ ।
पोखरीले आकार लिन थालेसँगै यहाँ पर्यटकको आगमनमा समेत बृद्धि भएको स्थानियवासी वताउँछन् ।  २४ जना ब्यक्तिको जग्गामा बनाइएको पोखरी अहिले सुन्दर र पर्यटकको आर्कशणको केन्द्र बनेको छ । ढापमा पोखरीको निमार्ण भए सँगै पोखरी भन्दा तलतिरका वासिन्दालाई पानीको समस्य हुन छोडेको पनि स्थानीयको भनाई छ । 
वरीपरि हरियो चियाबगान, धुुपी, सल्ला तथा स्थानिय जातका बोटविरुवाले पोखरीको सौन्दर्यतामा अझ बृद्धि गरेको छ । नजिकै रहेको चोयाटार जङ्गलमा लज्जालुु प्राणी रेडपाण्डा, अनी जिल्लाकै सवैभन्दा अग्लो स्थान सन्दकपुर जाने पर्यटकका लागि समेत सो पोखरी आकर्षणको केन्द्र बन्दै जाने पर्यटकहरु वताउँछन् । 




प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता