इलाममा निर्वाचन अधिकृतको कार्यालयक स्थापना

इलाम, ९ कार्तिक : आसन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनकालागि इलाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । इलाम सदरमुकाममा बिहीबार इलाम बिराटनगर उच्च अदालतका मुख्य न्यायाधिस रमेश पोख्रेलले सो कार्यालयको एक समारोह बिच उद्घाटन गरे । 
उनले कार्यक्रममा बोल्दै निष्पक्ष निर्वाचन गराउन खटिने कर्मचारी, राजनैतिक दल, नागरिक समाज, सञ्चारकर्मी लगायतको भुमिका महत्वपुर्ण रहने धारणा राखे ।  कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, प्रमुख जिल्ला अधिकारी बिष्णु पोख्रेल लगायतले मन्तब्य राख्दै गणतान्त्रिक संविधान कार्यान्वयन गर्ने समय भएकाले निर्वाचनमा सवैको सहयोग अपरिहार्य रहेको वताएका थिए । इलाममा मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत झापाका न्याधिस कृष्णप्रसाद पोख्रेल आएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयसँगै क्षेत्र नम्बर दुईको निर्वाचन अधिकृतको कार्यालयको समेत स्थापना गरिएको छ । सो कार्यालयको पनि मुख्य न्यायाधिश पोख्रेलले साइनबोर्ड पढ्दै उद्घाटन गरेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता