जिप दुर्घटनामा तीनको मृत्यु,६ घाइते

मुगुबाट नेपालगञ्जका लागि छुटेको लु २ च २००३ नम्बरको बोलेरो जिप मंगलबार राति कालिकोटको अस्पतालमोडमा दुर्घटना  हुँदा तीनजनाको मृत्यु भएको छ ।
दुर्घटनामा मुगुको भिई–७ का ४५ वर्षका जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षका नरबिक्रम मल्ल र जुम्लाको चन्द्रनाथ–१४ कार्तिकस्वामीका युदुराज न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा ६ जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ । घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता