
रोङ (हर्कटे), १३ मंसिर : इलामको सूर्योदय नगरपालिकाको हर्कटेमा भरखरै सञ्चालनमा अएको दुग्घ उद्योगमा आगलागी हुदा ७० लाख भन्दा वढी क्षती भएको छ । दश वर्षलाई जमिन लिजमा लिएर करिब साठ्ठी लाखको लगानीमा खगेन्द्र शिवाकोटी र अर्जुन शिवाकोटीले उक्त डेरी संचालनमा ल्याएको उद्योगमा आगलागी भएको हो ।
आगलागी पछी फिक्कलबाट दमकल पठाएको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ । आगलागीबाट कति क्षती भएको हो कुन कुन सामान जलेर नस्ट भएको सवै विवरण नआईसकेको माइपोखरी न्युजका सहकर्मी गोविन्द पौडेलले जानकारी गराए । मंगलबार मात्र यस उद्योगको समाचार माइपोरी न्युजले गरेको थियो
