राष्ट्रपतीले गरिन फाल्गुनन्दको शालिक अनावरण

चुलाचुली । प्रदेश र प्रतिनिधी सभाको निर्वाचन अन्तर्गत आज देशका मुख्य पहाडी र हिमाली गरि ३२ जिल्लामा निर्वाचन चलिरहेको छ । तर आजकै दिन राष्ट्रपति बिद्यादेवी भण्डारी भने इलाम आएकी छन ।
इलामको चुलाचुली गाउँपालिका वडा नं १ कमलमा अवस्थित फाल्गुनन्द लफयङ बहुभाषिक पाठशालाको दोस्रो बार्षिक उत्सव तथा धर्म संरक्षक तथा गुरु लफायङको ७५ औ जन्मजयन्तीको अवसरमा आयोजीत कार्यक्रममा प्रमुख अतिथीको निमन्त्रणा स्विकार गर्न  इलाम आएकी हुन ।
उनले आज महागुरु फाल्गुनन्दको नयाँ शालिकको अवतरण समेत गरिन । शालिकको अवतरण गरेपछि त्यहाँ आयोजीत कार्यक्रमको संबोधन गर्दै राष्टपति भण्डारीले महागुरु फाल्गुनन्दले समाज सुधारमा पुर्याउनु भएको भूमिका स्मरणीय रहेको बताइन । राष्ट्रपति भण्डारीले महागुरु फाल्गुनन्दले चाल्नु भएको कदम समाज परिवर्तनका लागि भएको बताइन । ‘ किरात धर्मका महागुरु अव किरातीको मात्र हैन सबै नेपालीका लागी उहाँ महागुरु हो । ’ राष्ट्रपतिले आफ्नो आफ्नो मन्तव्यका क्रममा भनिन ।
कार्यक्रममा बिचबिचमा बिभिन्न जातिय नृत्य समेत प्रस्तुत गरिएको थयो । कार्यक्रममा इलाम जिल्लाका बिभिन्न सरकारी निकायका प्रमुखहरु, चुलाचुली कमल गाउँपालिकाका अध्यक्ष लगायतको अतिथ्यता रहेको थियो । करिव १ हजारको हाराहारीमा स्थानिय सर्वसाधारणको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता