इलामका मतदाता विकासे नेताको पक्षमा

इलाम, १० मंसिरः इलाम नगरपालिका ११ सोयाकका ८१ बर्षिय तुलसी पौडेलको धोको यस पटक पुरा हुदैछ । उनलाई लागि रहेको रहेछ मंसिर २१ कहिले आउछ र भोट खसालौ ? पंचायतकाल देखि भोट हाल्दै आएका पौडेललाई यस पटक युवा र विकास प्रेमी उम्मेद्धारलाई भोट लगाउने ठूलै धोको रहेको सुनाए । पौडेलले बिकास निर्माण नहुँदा भोग्नु परेका समस्या धेरै रहेको बताए । अनि उनले थपे ‘एउटै ब्यक्तिलाई धेरै पटक चुनाव जिताईयो फर्केर पनि हेरेनन् , बिकास त कता गर्नु ? उनले बाटो विजुली , खानेपानी जस्ता यावत समस्या गाउँमा रहे पनि यस अघि चुनाव जितेका नेताले पहुँचमा रहेर पनि  गाउँलाई फर्केर नहेरेको बताए । 
यस्तै देउमाई नगरपालिका सावजुङ्गकी ६७ बर्षिय पवित्रा सापकोटा पनि यसपालि नयाँ उम्मेद्धार चुन्ने सोचमा छिन् । सापकोटा भन्छिन्‘धेरै पटक भोट दिएर पठाएका नेताले बिकासका कुनै काममा चासो दिनन् , सधै ठूलै हल्ला मात्र गरे , गाउँ त जस्ताको तस्तै छ ’ सापकोटाले थपिन । 
उनीहरु त पात्र मात्र हुँन । उनीहरु जस्तै चुनाव जिताएर केहि भएन भन्ने धेरै छन् । जता गए पनि मतदाताको गुनासो उत्तीकै सुन्न पाईन्छ । युवायुवतीहरु समेत तीसौ बर्ष चुनाव जितेका हैन , नयाँ र युवा संगै बिकासका एजेण्डा भएका उम्मेद्धारलाई मतदान गर्ने बताउछन्् । 
यता यस पटक नेपाली कांग्रेसले मतदाताले खोजे जस्तै युवा उम्मेद्धार इलाममा छानेको छ । कांग्रेसले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा तीनै जना विकास प्रेमी र युवा नेता छानेको छ । प्रतिनिधि सभा सदस्यका उम्मेद्वार केशव थापा , प्रदेश सभा सदस्य २(१)का समाजसेवी , युवा उम्मेद्धार डम्बर खड्का र त्यस्तै प्रदेश सभा सदस्य २(२)का युवा उम्मेद्धार खगेन्द्र देवान बिकास प्रेमी नेताका रुपमा मतदाता माझ परिचित छन्  । 
यस्तै क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा काग्रेसका युवा नेता भुपेन्द्र कट्टेल , प्रदेश सभा सदस्य २(१) मा युवा नेता देवेन्द्र राई र प्रदेश सभा सदस्य   २(२) मा कांग्रेसका युवा नेता दुर्गा बराल रहेका छन् । कांग्रेसका सबै युवा र बिकास प्रेमी उम्मेद्धार भएकै कारण निर्वाचनमा माहोल समत राम्रो बन्दै गएको नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसका पार्टी सभापती हिमालयन कर्मचार्यले कांग्रेस सबै ठाउँमा जितको नजिक पुगेको दावी गर्नु भयो । उहाले जिल्लै भरका नेता कार्यकर्ता यस पटक आफना उम्मेद्धारलाई चुनाव जिताउन लागि परेको बताउछन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता