हर्कटेमा दुग्ध उद्योग संचालनमा, किसानलाई फाईदै फाईदा

गोबिन्द पौडेल 
रोङ १२ मंसिरः इलामे किसानहरुले मेहनत गरेर गाइपालनमा लागेपछि ग्रामीण क्षेत्रमा पनि दुग्ध उद्योगहरु संचालन हुने क्रम बढेको छ ।
इलामबाट दुग्ध विकास संस्थानलेनै दुग्ध किनेर लैजाने गरेको भएपनि पछिल्लो समय निजी डेरीहरु संचालन गरेर घिउ र छुर्पी बनाएर देश विदेशमा निकासी गर्ने र स्थानीय बजारमा पनि दुग्ध जन्य परिकार र मिठाइहरु उत्पादन गरेर बेचिने भएको कारण पनि इलामे नागरिहरुको आम्दामी गाइ भैसी पालन सग जोडीएर आउने गरेको छ ।
पछिल्लो समयमा सुयोदय नगरपालिका वडा नं ६ हर्कटेमा पनि एउटा दुग्ध डेरी संचालनमा आएको छ । दश बर्षलाइ जमिन लिजमा लिएर करिव साठी लाखको लगानीमा खगेन्द्र शिवाकोटी र अर्जुन शिवाकोटीले संचालनमा ल्याउनु भएको उक्त उद्योगमा दैनिक पाँचहजार लिटर दुग्ध खपत गर्न सकिने  भएपनि हाल पाचवटा सहकारी संस्था र प्राइभेट डिपोबाट गरी दैनिक तीनहजार  पाँचसय लिटरमात्र संकलन हुने गरेको छ । उद्योगमा हाल सातजना मजदुरहरुले  रोजगारी पाइ रहेकोमा किसानहरुलाई प्रेरणा  र आवश्यक परेमा लगानी समेत गरेर पूर्ण क्षमतामै संचालन गरिने संचालक खगेन्द्र सिवाकोटीले बताए ।
हाल दुग्ध विकाश संस्थानकै मुल्यमा दुग्ध खरिद गरिरहेको यस उद्योगले अहिले नियमित रुपमा घिउ र छुर्पी उत्पादन गरेर राजधानी काठमाण्डौ पठाउने गरेको छ । 
यहाको मौसमअनुसार बजारमा माग हुने स्तरको छुर्पी उत्पादन गर्न चुनौती नै रहेको  देखिएपनि विदेशमा नेपालको छुर्पीको अत्याधिक माग रहेको बेला शिवाकोटीले ठूलो लगानीमा स्थापना गरेको  कारण हर्कटे र आसपासका किसानहरुलाइ गाइपालन गर्दा फाइदानै देखिएको छ । खासगरी हर्कटे आसपास सुर्याेदयका किसानहरुले दुग्ध संकलन गरेर कुटिडामा लैजान सहज भएपनि रोङ ६ साबिक जिर्मलेका किसानहरुलाइ दुग्ध विकास संस्थानको चिस्यान केन्द्र टाढा भएको र संस्थानकै मुल्य सेवा र सुबिधामा नजिकै दुग्ध बेच्न पाउदा फाइदानै भएको किसानहरुको अनुभव रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता