लोकतन्त्र बचाउन नेपाली कांग्रेसलाई मतदान गर्नुहोसः थापा

इलाम, १२ मंसिरः दोस्रो चरणमा हुने आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मिति नजिकिएसँगै इलाममा काँग्रेका प्रतिनिधि तथा प्रदेश सभाका उम्मेद्धारले चुनावी प्रचारलाई तीव्र पारेका छन् । चुनाव प्रचारका क्रममा कडा प्रतिस्पर्धामा रहेका काँग्रेस र एमाले–माओबादी को बाम गठबन्धनले  घरदैलो अभियानलाई तिब्रता दिएका हुन् । यसैक्रममा प्रतिनिधि सभामा काँग्रेसबाट इलाम क्षेत्र नम्बर २ का उम्मेद्धार केशब थापाले मंगलबार इलाम नगरपालिका स्थित वडा नम्बर ७ सहित बजार क्षेत्रमा घरदैलो अभियान सञ्चालन गर्नुभएको छ । बजार क्षेत्रका मतदातासंग उम्मेद्धार थापाले लोकतन्त्रलाई बचाउनका लागि काँग्रेसलाई मत दिएर बिजयि गराउन मतदातालाई आग्रह गर्दै मतदातासंग मत माग्नु भएको थियो ।
 उम्मेद्धार थापा सहित समानुपातिक तर्फका उम्मेद्धार सुजता परियार पनि मत माग्नमा ब्यस्त रहनु भएको थियो । जनताको समस्यालाई आत्मासाथ गर्दै इलाम निर्वाचन क्षेत्र नम्बर २ को मुहार फेर्ने सङ्कल्पका साथ चुनावी मैदानमा उत्रिएको उम्मेद्धार थापाले मतदातासंग प्रतिबद्धता जनाउनु भयो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता