निर्वाचनपछिको दायित्व विकास निर्माण : नेता खनाल

सन्दकपुर (देउराली), १० मंसिरः नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले निर्वाचनपछि आफ्नो दायित्व विकास निर्माण हुने बताएका छन् । इलामको सन्दकपुर गाउँपालिकास्थित देउरालीमा शुक्रबार भएको चुनावीसभामा उनले संविधान निर्माणमा लामो समय खर्चनु परेकाले अब भने मुख्य एजेण्डा नै विकास निर्माण राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।  
इलाम क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका वरिष्ठ नेता खनालले अबको एकमात्र सम्भावना वाम गठबन्धन मात्र रहेकाले यो गठबन्धनलाई नै निर्धक्क भएर भोट हाल्न सबैमा अनुरोध गर्दै सन्दकपुर गाउँपालिकाको पूर्वाधार विकास गर्ने अब आफ्नो जिम्मा रहेको बताए । संयुक्त वाम गठबन्धनका संयोजक याम राईको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका कार्यवाहक जिल्ला अध्यक्ष भक्त केसी र उपसचिव उमेश गुरुङलगायतले मन्तव्य राखेका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता