वेथितिको जिम्मा पुराना दलका नेताले लिनुपर्ने

इलामः विवेकशील साझा पार्टीकी केन्द्रिय सदस्य रञ्जु दर्शनाले शनिबार इलामको निर्वाचन क्षेत्र नम्बर १ फिक्कलमा सम्बोधन गर्दै देशको दुर्दशार वेथितिको जिम्मा पुराना दलहरुले लिनुपर्ने बताएकी छन् ।  
चुनावी मैदानमा रहेका विवेकशिल साझा पार्टीका उम्मेद्धार सचेन घलेलाई सहयोग गर्न इलाम आएकी दर्शनाले अहिले सम्मको बेथितिको दोषको जिम्मा पुराना दलका नेताहरुले लिनुपर्ने बताइन् । उनले युवाहरुलाई मतदान गरेर क्षमतावान युवालाई राज्य सञ्चालन गर्ने स्थानमा पुर्याउन आग्रह गरिन् । 
कार्यक्रममा बोल्दै अर्का केन्द्रिय सदस्य गोविन्द नारायणले पार्टी परिवर्तन नगरेपनि विचार परिवर्तन गरेर मुलुकको सम्वृद्धिका लागि तराजुमा मतदान गर्न आग्रहगरे । कार्यक्रममा बोल्दै उम्मेद्धार घलेले आफुसंग इलामको विकासका सपना र मोडलहरु रहेकाले देखिने परिवर्तनको महसुस गर्न तराजुमा मतदान गर्न आग्रहगरे ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता