दिब्य ज्योतीको प्राविधिक सहयोगमा बाहुनडांगीमा निःशुल्क स्वास्थ्य शिविर

झापा ९ मंसिरः नेपाल लाइफ इन्स्युरेन्सको आयोजनामा दिब्य ज्योती आइ एण्ड ईयर केयरको प्राविधिक सहयोगमा बाहुनडांगी मेची नगर ३ संघर्ष चोक स्थित अक्सफ़ोर्ड बोर्डिंग स्कूलको प्रांगणमा एक दिन बृहत आँखा र कानको निःशुल्क  स्वास्थ्य सेवा सम्पन्न भएको छ । 
उक्त शिवीरमा  ३४१ ले निःशुल्क स्वास्थ्य सेवाहरु मध्ये कानका  १०२ जानाले र आँखाका  २३९ जनाले निःशुल्क सेवाहरु लिएका थिए । जस मध्ये  आँखाका   ४१ जानाको र कानको ९ शल्यक्रिया गर्नु पर्ने देखिएको छ । उक्त कार्यक्रममा नेपाल लाइफ इन्स्युरेन्सका तर्फबाट एजेन्सी मेनेजर कुमार खड़का, गीता खड़का र बिनोद रिमालको उपस्थिति थियो । त्यसै गरी दिब्य ज्योतिका तर्फबाट बरिष्ठ नेत्र अधिकृत सुरेश सापकोटा नेत्र अधिकृत आस्था चापागई बरिष्ठ ईएन टी अधिकृत इन्द्र बहादुर केसी र अन्य सहयोगीहरु मुना बिष्ट, प्रमिला कार्कीको उपस्थिति रहेको दिब्य ज्योतीका प्रशासक बिकाश घिमिरेले जानकारी गराउनु भयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता