
इलाम, ९ मंसिर इलामको माइखोलामा रहेको माइ भगवती बृद्धाश्रमका बृद्धबृद्धालाई फेसवुब ग्रुप सिस्टरहुड नेपालले खानेकुरा र जाडोमा लगाउने ज्याकेट र सारी वितरण गरेको छ ।
उनीहरुले बृद्धबृद्धालाई नौ वटा ज्याकेट र नौ वटा सारी वितरण गरेको हो । ग्रुपको तेस्रो वार्षिक उत्सवको अवसरमा देशभरी नै विभिन्न सामाजिक कार्यमा ग्रुपका मेम्बरहरु लागि रहेको सिस्टरहुडकी मेम्बर नम्रता गुरुङले माइपोखरी न्युजलाई जानकारी गराउनुभायो ।
ग्रुपलाई सामाजिक कार्यमा सहयोग पुर्याउनको लागि अन्र्तराष्ट्रिय कराते रेफरी योगेश राईले तीनहजार सहयोग गरेको पनि गुरुङले जानकारी गराउनु भयो । सिस्टरहुड ग्रुपले देशभरीनै यस्ता सामाजिक कार्य गर्दै अएको छ । यस ग्रुपमा २६ हजार मेम्बर रहेका छन् ।

