चुलाचुली र माईमा चेतनाको ‘महादान’

चुलाचुली, ११ मंसिरः प्रतिनिधि सभा तथा प्रदेश सभा २०७४ को निर्वाचनको मतदाता शिक्षा कार्यक्रारम अन्तरगत चेतना नाट्य समुहद्वारा महादान नामक सडक नाटक माइ नगरपालिकाको अ चिसापानीमा मञ्चन गरेको छ । निर्वाचन आयोग केन्द्रीय कार्यालयको आयोजनामा  साँस्कृतिक संस्था (नाचघर) को संयोजनमा चेताना  नाट्य समूह इलामले सो कार्यक्रम गरेको हो । चिसापानीमा मञ्चन भएको नाटकमा  ३०० भन्दा वढी बासिन्दाहरुले सो नाटक हेरेका थिए । उक्त कार्यक्रममा स्थानीय वडाध्यक्ष, स्थानिय विद्यालयका शिक्षकहरुको पनि  उपस्थिति रहेको थियो ।
त्यस्तै चुलाचुलीमा समेत उक्त नाटक गाउँपालिका अध्यक्ष प्रदीपकुमार राई र चुलाचुली रंगमञ्चका मानाङ्ग लावतीको उपस्थितिमा सम्पन्न गरियो ।  
चेतना नाट्य समुहले इलाममा दर्ता भै हालसम्म विभिन्न छेत्रमा  सम्वन्धित नटकहरु मञ्चन गर्दै आएको एक इलामको परिचित संस्था हो । हाल सम्म चेतना नाट्य समुहले करिव ५०० भन्दा माथि सहक नाटक र कचरी नाटक गरिसकेको समूहका सुवास लुईटेलले माइपोखरी न्युजलाई जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता