- गोबिन्द पौडेल
रोङ, ११ मंसिरः इलामको रोङ गाउपालिका वडा नं ६ रम्भ्याङ्गमा अलैची खेती गरिरहेका साठी जना किसानहरुलाइ अलैची खेती र गड्यौले मल निमार्ण र प्रयोग संबन्धि तीनदिने तालिम आज सम्पन्न भएको छ ।
परंपरागत रुपमा अलैची खेती गरिरहेका किसानहरुको लागि अलैची खेतीबाट बढी उत्पादन लिन र अलैची खेतीमा बिध्यमान समस्याहरु र त्यसको निराकरणको उपयाहरुको बारेमा अलैची बिकास केन्द्र फिक्कलका प्रमुख तथा बरिष्ट अलैची बिकास अधिकृत पदम प्रसाद अधिकारी ,अलैची बिकास केन्द्रका बरिष्ट अलैची बिकास अधिकृत अन्जनी न्यौपाने र प्राबिधिक साहयक दील बहादुर श्रेष्ट र गड्यौले मल निमार्ण उपयोग र प्रयोगको बारेमा सप्तश्री प्रबिधिक कलेज बिर्तामोडका प्राध्यापक तथा कृषि बिध राजेन्द्र कडरीयाले सहजी करण गर्नु भएको थियो ।
उन्नती समाबेसी बृद्धि कार्यक्रको आर्थिक सहयोग,बेद अलैची नर्सरी उध्योग सलकपूरको आयोजना अलैची बिकास केन्द्र फिक्कलको प्राबिधिक सहयोग र नमुना बिकास केन्द्र रम्भ्याङ्गको ब्यवस्थापनमा एकै समयमा दुइ समुहमा भएको अलैची किसानहरुको लागि जिर्मलेमा पहिलो पटक आयोजना भएकोमाा आफूहरुले प्राबिधिक पक्षको बारेमा नया कुराहरु थाहा पाएकोले आफूहरुको लागि तालिम नया उर्जा भएको किसान इन्द्र प्रधानको भनाइ रहेको छ ।
