निर्वाचन विरोधी गतिविधि गरेको भन्दै इलाममा १२ जना पक्राउ (नामावली सहित)

इलाम, ११ मंसिरः इलामा प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनमा जिल्लामा निर्वाचन विरोधी गतिविधीमा गरेको भन्दै जिल्ला प्रहरी कार्यालय इलामले १२ जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा कार्तिक २७ गते  माङसेबुङ गाउँपालिका २ माईती भई इलाम नगरपालिका ५  भोर्लेनी बसोबास गर्ने बसुन्धरा कार्की (मुना), कार्तिक २९ गने इलाम नगरपालिका ११का संजिप फागो , देउमाई नगरपालिका ८ जितपुरका मोहन बराललाई कार्तिक २९ गते पक्राउ गरेको थियो । 
यस्तै गरी इलाम नगरपालिका १ मिलगोलाईबा विशाल राईलाई कार्तिक ३० गते, इलाम नगरपालिका ९ निवासी खीनामाया परियारलाई मंसिर ४ गते, देउमाई नगरपालिका ९ का अविनाश भन्ने डम्बर मगर मंसिर ५ गते, इलाम नगरालिका ७ टुडिखेलमा होटल चलाएर वस्ने संगिता फागोलाई मंसिर ७ गते, इलाम नगरपालिका ३ का अर्जुन कुमार थापालाई मंसिर ९ गते, इलाम नगरपालिका ८की मुना भन्ने पार्बता बराललाई मंसिर ९ गते, त्यस्तै भारत जिल्ला न्यु जलपाईगोडी फुलबारी ग्रामपन्च्यात २ नेपाली गाँउ वस्ने बताउने सुवाष तामङलाई मंसिर १० गते, सूर्योदय नगरपालिका २ बस्ने सुमित खत्रीलाई मंसिर १० गते, इलाम नगरपालिका ६, धोविधारा वस्ने चुडामणी घिमिरेलाई मंसिर ११ गते पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता