इलाम, १२ मंसिरः चुनावी अभियानलाई तिब्र बनाउँदै लगेको काँग्रेसले इलाम क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश नम्बर १ का उम्मेद्धार देबेन्द्र राई सहितको टोलिले माइजोगमाई गाउँपालिकामा दोस्रो पटक फेरी चुनावी अभियान सुरु गरेको छ ।
दोस्रो चरणको अभियानको क्रममा मंगलबार प्याङ्गमा घरदैलो अभियान सञ्चालन गर्नुभएको छ ।
लोकतन्त्रलाई बचाउन र बिकासको लहर फैलाउनका लागि पनि काँग्रेसलाई मत दिएर जिताउनु पर्ने भन्दै उम्मेद्धार राईले मतदातासंग मत माग्नु भएको छ । निर्वाचन जितेपछि आफूले सो क्षेत्रमा विकासको लहर ल्याउने प्रतिबद्धता समेत जनाउनु भयो ।
